काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू विरुद्ध पछिल्ला दिनहरूमा कानुनी र राजनीतिक षड्यन्त्र भइरहेको बताएका छन्।
केन्द्रीय समिति बैठकमा बोल्दै सरकारले आफूलाई थुन्ने प्रयास गरिरहेको बताए।
उनले भने, ‘यो सरकारले मलाई पटक पटक थुन्ने प्रयास गरिरहेको छ, त्यसका लागि मिटिङ र छलफल भइरहेको छ।’
माइती बनेर आउन पर्दैन
ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको माग गर्नेहरूलाई जवाफ समेत फर्काए ।
ओलीले आफू विद्या भण्डारीको अप्ठेरो बेलाको साथी भएको बताए ।
उनले सदस्यता नवीकरण माग्नेहरूतर्फ इंगित गर्दै कोही पनि माइती बनेर आउन नपर्ने बताए ।
‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनुपर्दैन । म विद्या भण्डारीलाई राम्रैसँग जान्दछु, ‘जब उहाँ असजिलो अवस्थामा हुनुुहुन्थ्यो, मैले सहयोग गरेको हुँ । म उहाँको अप्ठेरो बेलाको साथी हुँ ।’
नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका…
रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…
गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…
१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…
३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…