Categories: NEWS

सर्वोच्च आगजनीमा को-को परे पक्राउ ?

१२ मंसिर २०८२ शुक्रबार, काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले विभिन्न कसुरमा आठ पटकसम्म मुद्दा चलेका व्यक्तिदेखि विद्यार्थी नेतासम्मलाई पक्राउ गरेर अनुसन्धान गरेको छ ।

सर्वोच्च जलाएको आरोपमा अहिलेसम्म पाँच जनालाई पक्राउ गरेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।

जसमध्ये दुई जना यसअघि नै हातहतियार तथा आपराधि उपद्रवको कसुरमा पक्राउ परेका व्यक्तिहरू हुन् । उनीहरूलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार समेत पठाइसकेको छ ।

जो पक्राउ परे-

एलेक्स नेपाली र सम्राट (राजु परियार)

काभ्रेको मन्डनदेउपुर घर भएका २३ वर्षीय एलेक्स नेपाली भनिने कुमार पराजुली र ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय सम्राट भनिने राजु परियार ।

एलेक्स र सम्राट जेनजी घटनामै यसअघि पक्राउ परेर आपराधिक उपद्रवको कसुरमा पुर्पक्षका लागि कारागार चलान भएका व्यक्ति हुन् ।

सर्वोच्च आगजनी तथा तोडफोड गरेको आरोपमा पनि उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

एलेक्सलाई १२ कात्तिकमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । उनीबाट जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको पेस्तोल, म्याग्जिन र १२ राउण्ड गोली बरामद भएको थियो । लुटेको पेस्तोलबाट गोली चलाएको भिडियो समेत बनाएर सामाजिक सञ्जालमा पोस्ट भएको थियो । एलेक्स गल्कोपाखामा रहेको एक बारका म्यानेजर समेत हुन् ।

सम्राट भने ज्यान मार्ने उद्योगसहित आठ मुद्दा चलेका व्यक्ति हुन् । उनले सर्वोच्चमै रहेको प्रहरीको एसएलआर बन्दुक लुटेर सिंहदरबार अघि कक गरेको भिडियो, फोटो समेत भाइरल बनेको थियो ।

ज्योति थापा घताने र ब्राउन (सुशील श्रेष्ठ)

सर्वोच्च जलाएको आरोपमा झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ परिसर भद्रकालीको हिरासतमा छन् ।

उनीहरूविरुद्ध आपराधिक अपराधको कसुरमा अनुसधान अघि बढाइएको छ । उनीहरूले पनि जेनजी आन्दोलनको क्रममा अदालत तोडफोड तथा आगजनी गरेको प्रहरीले बताएको छ ।

सुशील यसअघि लागुऔषधमा मुद्दा चलेका व्यक्ति हुन् ।

विष्णु ढुंगेल

त्यस्तै सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेलले पक्राउ परेका छन् ।

उनी पूर्वमाओवादी पार्टीमा आबद्ध थिए । सर्वोच्च अदालत जलाउँदा उनको उपस्थिति देखिएपछि पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । उनले जलाएको भिडियो, फोटो भने प्रहरीले प्राप्त गरेको छैन । उक्सावट अभिव्यक्ति दिएर सर्वोच्च जलाउन मतियारको भूमिका निभाएको प्रहरीले बताएको छ ।

सर्वोच्च अदालत आगजनी र तोडफोडको अनुसन्धान अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र परिसर काठमाडौंको संयुक्त टोलीले गरिरहेका छन् ।

postmandu

Recent Posts

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

1 day ago

रोल्पा दुर्घटनामा २० जनाको मृत्यु

१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…

2 weeks ago

इजरायल सहित ४ देशमा खुल्यो श्रम स्वीकृति

२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…

4 weeks ago

रास्वपाका समानुपातिक ५७ सांसदमध्ये कुन क्लस्टरबाट कति ?

१ चैत आइतबार २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको…

2 months ago

बालेनले महेश बस्नेतलाई पनि भावुक बनाए

३० फागुन शनिबार २०८२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति…

2 months ago

हर्कलाई तनाब

२९ फागुन शुक्रबार २०८२, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरूले जितेको सिट संख्या निर्धारण…

2 months ago