Categories: NEWS

मधेश प्रदेश प्रमुख सुरेन्द्रले लिए शपथ

२५ कात्तिक २०८२ मंगलबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

संविधानको धारा १६३ को उपधारा २ बमोजिम कर्णलाई राष्ट्रपति पौडेलले मधेश प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सुमित्रा सुवेदी भण्डारीलाई मधेश प्रदेश प्रमुखबाट पदमुक्त गरेको थियो ।

सुमित्राले संविधान विपरीत महोत्तरीको बर्दिबासमा नेकपा एमालेका सरोजकुमार यादवलाई एकाबिहानै मुख्यमन्त्री नियुक्त गरेर होटलमै शपथ गराएकी थिइन् ।

भण्डारीको कदमको विरोध गर्दै सोमबार दिनभर मधेश प्रदेश मुकाम जनकपुर तनावग्रस्त बनेको थियो ।

प्रदेशसभाका असन्तुष्ट दलहरूले मुख्यमन्त्रीको कार्यालय समेत तोडफोड गरेका थिए ।

postmandu

Recent Posts

पत्रकार टेकराज थामीको अन्त्येष्टि

रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…

1 week ago

नदीमा कुकुर फालेकी विमलाले प्रहरीलाई के भनिन् ?

गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…

1 week ago

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

2 months ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

2 months ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

2 months ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

5 months ago