Categories: LIFESTYLE

खाली पेटमा कफी पिउनु सही हो ?

अधिकांश मानिसलाई बिहान उठ्ने बित्तिकै चिया वा कफी चाहिन्छ । उठ्ने बित्तिकै कफीको एक चुस्की लिँदा निद्रा खुलेको महसुस हुन्छ, अनि शरीर ऊर्जाले भरिएको जस्तो लाग्छ । तर यो बानीले आफ्नो पेट र शरीरमा कस्तो प्रभाव पार्छ भनेर तपाईँले कहिल्यै विचार गर्नुभएको छ ?

खाली पेटमा कफी पिउनु हामीले सोचेजस्तो फाइदाजनक छैन भनेर डाक्टरहरू भन्छन् । बिहान उठ्ने बित्तिकै केही नखाइकन सिधै कफी पिउँदा पेटमा एसिडको स्तर बढ्छ ।

पेट खाली भएको बेलामा यो अतिरिक्त एसिडले पेटको पत्रलाई प्रत्यक्ष असर गर्छ, जसले गर्दा छातीमा जलन महसुस हुने, ग्यास भरिने, पेट फुल्ने र अपचजस्ता समस्या निम्त्याउँछ ।

कफीमा रहेको क्याफिनले शरीरमा कोर्टिसोलको स्तर पनि बढाउँछ, जसलाई सामान्यतया तनाव हर्मोन भनिन्छ ।

जसले गर्दा बिहान ऊर्जावान् महसुस गर्नुको सट्टा बेचैन, चिडचिडा वा नर्भस महसुस हुनसक्छ । यसको मतलब कफीले तपाईँलाई फ्रेस पार्नुको सट्टा तनाव दिन सक्छ ।

बिहान उठेपछि सबैभन्दा राम्रो काम भनेको एक गिलास सादा पानी पिउनु हो । रातभरिको निद्रापछि शरीर अलि डिहाइड्रेटेड भएको हुन्छ । पानी पिउँदा शरीरमा ओसिलोपन पुनर्स्थापित हुन्छ, मेटाबोलिजम सक्रिय हुन्छ र दिनको सुरुवातका लागि पाचन प्रणाली पनि तयार हुन्छ ।

तपाईँलाई कफीको तलतल लागेको छ भने हल्का ब्रेकफास्ट वा फलफूलपछि यसको सेवन गर्न सकिन्छ । विज्ञहरू कफी पिउनुअघि कम्तीमा ३० मिनेट पर्खन सिफारिस गर्छन् । यसले पेटको एसिडको प्रभावलाई कम गर्छ ।

कफी पूर्णरूपमा हानिकारक छैन । यदि सही समयमा र सही तरिकाले सेवन गरियो भने यसले एकाग्रता सुधार गर्न, थकान कम गर्न र मुड सुधार गर्न मद्दत गर्न सक्छ ।

तर यसका लागि कफीलाई खाली पेटमा नपिउने अनि आफ्नो शरीरको आवश्यकता बुझ्नु जरुरी हुन्छ ।

थोरै समझदारी अपनाउँदा तपाईंको बिहान त राम्रो बन्छ नै, लामो समयसम्म पाचन स्वास्थ्य र मानसिक सन्तुलन पनि कायम राख्न सक्नु हुन्छ ।

admin

Recent Posts

इजरायल सहित ४ देशमा खुल्यो श्रम स्वीकृति

२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…

2 days ago

रास्वपाका समानुपातिक ५७ सांसदमध्ये कुन क्लस्टरबाट कति ?

१ चैत आइतबार २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको…

1 month ago

बालेनले महेश बस्नेतलाई पनि भावुक बनाए

३० फागुन शनिबार २०८२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति…

1 month ago

हर्कलाई तनाब

२९ फागुन शुक्रबार २०८२, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरूले जितेको सिट संख्या निर्धारण…

1 month ago

बालेन सरकारमा १८ मन्त्री, कसले छान्छ ?

२९ फागुन शुक्रबार २०८२, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ बुहमतनजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

1 month ago

रवि लामिछानेलाई के भएको हो ?

२९ फागुन शुक्रबार २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अस्वस्थ (बिरमाी)…

1 month ago