१ कात्तिक २०८२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनपछिको अवस्थालाई ‘दुई दिनको लीला’ भनेर टिप्पणी गरेका छन्।
आइतबार आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले यस्ता तामासा देखेर आफू किञ्चित नआत्तिएको जिकिर गरे।
दुई दिनको लीला
‘तपाईंहरू अँध्यारो मुख किन नलगाएको भन्नुहुन्छ फेरि। यो दुई दिनको लीला हो क्या यो, दुई दिनको लीला । यस्ताको तमासाहरू देखेर, कसले नचाएको छ कठपुतली, त्यही देखेर म अँध्यारो मुख लगाएर बस्छु ?
यो देश बनाउन हिँडेको हुँ म आफैं जेन–जी हुँदा। जेन–जी उमेरमा भर्खर टेकेको थिएँ १४ वर्षको उमेरमा । त्यहाँदेखि हिँडेको अनि म लत्रिएर अँध्यारो मुख लगाएर बस्छु,’ दुई दिने जेन–जी आन्दोलनबाट सत्ता छाड्न बाध्य भएका ओलीले थपे, ‘शाही कू पनि देखेको छु। १४ वर्ष जेल पनि देखेको छु। नेल–हतकडी लगाएर गोलघरभित्र बसेको पनि याद छ मलाई। यस्ता अनेक झेलेर आएको छु। फेरि पनि मलाई यस्ता दुख कष्ट झेल्न कुनै गाह्रो छैन।
नेतृत्व पत्रकारले छान्ने होइन
ओलीले पार्टीको नेतृत्व सम्पादकले छान्ने भए पोहोर परार नै छानिसक्ने भन्ने खालको व्यंग्य गरे । उनले पार्टीको नेतृत्व कार्यकर्ताले छान्ने बताए ।
अहिलेसम्म पार्टीमा उत्तराधिकारी तयार गर्न नसकेको भन्ने सम्पादकहरूको प्रश्नमा उनले उल्टै प्रश्न तेर्स्याउँदै भने-
तपाईंहरू सम्पादक भइरहेको अर्को सम्पादक नभएर, उत्तराधिकारी नपाएर हो ? कोही लेख्न जान्ने अर्को नभेट्टाएर हो तपाईंहरू भइराखेको सम्पादक ? अरू पनि होलान् नि । तर, पनि अहिले तपाईंहरूले चलाउनु पर्या छ ।
आफूलाई नै पार्टीको क्याप्टेन बन्ने राय पार्टीपंक्तिभित्र रहेको दाबी गर्दै उनले हालै ओमानमा नेपाली क्रिकेट टिम अपराजित बन्दै टी २० विश्वकपमा छनोटको प्रसंग कोट्याए ।
दुनियाँ भरिबाट खेलाडीहरू गएका थिए । दुनियाँभरिबाट टिमहरू लडेका थिए । नेपाल विश्वकपको प्रतिस्पर्धाको छनोटमा आयो । अरू थुप्रै खेलहरू थिए । थुप्रै आकांक्षीहरू थिए । नेपालले नखेलेको भए अर्को टिम छनोटमा परिहाल्थ्यो नि । त्यो ठाउँ त खाली हुँदैन थियो नि । मैले नखेल्ने हो भने, एउटा क्याप्टेनले टिम छोडेर अर्को क्याप्टेन निस्कँदैन र ? निस्कन्छ नि । तर अहिले राय के छ भने केपी ओली नै क्याप्टेन हो भन्ने राय छ । म फेरि प्रधानमन्त्री
ओलीले अहिलेको जस्तै अवस्था रहिरहे आफू फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन् ।
जेन–जी डेरा छोडेर भाग्नु पर्ने अवस्था छ
ओलीले जेन–जी अहिले त्रसित अवस्थामा रहेको बताएका छन्।
जेन–जीको नाम लिइयो, जेन–जी कस्तो अवस्थामा छन् ? कहाँ बसेका छन् ? के खाँदैछन् ?’ ओलीले भने, ‘उनीहरू अहिले त्रसित छन्। उनीहरू बसेको ठाउँमा अलिक केही फरक कुरा गर्यो भने ड्र्यागनका ट्याँटु खोपेकाहरूले घेर्ने गरेका छन्। आन्दोलनमा सहभागी भएका वास्तविक जेन–जीहरू अहिले डेरा छोडेर भाग्ने अवस्था छ। जेन–जीको नाम भजाएर अहिले गैरसंवैधानिक सरकार निर्माण गरिएको छ।
प्रचण्डलाई चुनौती
ओलीले आफूले प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई सिफारिस गर्नका लागि लेखिएको पत्र सार्वजनिक गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् ।
प्रचण्डले हिजोमात्रै एक सार्वजनिक कार्यक्रममार्फत ओलीले कार्कीलाई प्रधानमन्त्री बनाउन गरेको सिफारिस पत्र आफूले पढेको दाबी गरेका थिए ।
ओलीले भने-
मैले त्यही सहमति अनुसार, मैले त्यो भाषामा सिफारिस गरेको थिएँ । परेको बेलामा प्रति त निस्किन्छ । सुशीला कार्कीजीको मैले कतै सिफारिस गरेको छु भने फ्ल्यास गरिदिए हुन्छ । प्रचण्डजीसँग प्रमाण छ भने निकालिदिए हुन्छ त ?
मेरो सम्पत्ति पत्रकार महासंघले नै छानबिन गरे हुन्छ
ओलीले आफ्नो एक एक पैसाको छानबिन गर्न माग गरेका छन्।
मोबाइल सिज गरिएको थियो
ओलीले सेनाको ब्यारेकमा रहँदा आफ्नो मोवाइल सिज गरिएको बताएका छन्।
राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ। तपाईंहरुले जे सुकै संज्ञा, विश्लेषण दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिएँ। प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म मैले मोवाइल लिन पाएँको थिएँ, मेरो मोवाइल फोन सिज गरिएको थियो। त्यसबेलासम्म मैले कसैलाई सम्पर्क गर्न पाएको थिइनँ ।
लुरुलुरु बयान दिन जान्नँ
ओलीले आफू कुनै पनि आयोगले बोलाउँदैमा आफू लुरुलुरु बयान दिन नजाने बताएका छन् ।
केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जसजसले जहाँ जहाँ बनाउँदै हिँड्छ । जसले सोध्दै हिँड्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो ? ओलीले भने, ‘त्यस्ता काम केपी ओलीले गर्दैन । कुनै बयानमा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैन । ७३ वर्ष भइसकेँ, मैले मात्रै दुख पाउनुपर्ने ?
ओलीले आफूले मात्रै देशको चिन्ता लिएर दुस्ख पाउनुपरेको बताएका छन् ।
…देश मेरोमात्रै होइन नि त । म ७३ त पूरा भइसकेँ । मैले मात्रै दुख पाउने ? मैले भन्दा धेरै बाँच्नुपर्ने मान्छे नेपालमा थुप्रै छन् । देशको बारेमा उनले मेरोभन्दा बढी सोच्नुपर्ने हो । म सँग किन रिस उठेको हो थाहा छैन । मैले भ्रष्टाचार गरिनँ ।
नेपालमा पनि पोलिटिक्स, पोलिटिकल पार्टी र लिडरसँग घृणा छ । अनुभव नै नभएका छन् । यो ओलम्पिकमा सेलेक्सन किन गर्नुपर्यो ? जेनजी पठाऔं न । उहाँहरू सेलेक्सन मान्न त गाह्रो हुन्छ ।
अनि कोही कानुन पढेर न्यायाधीश भएका प्रधानमन्त्री हुने, कोही कानुन पढेका मात्रै अर्को मन्त्री हुने ।
जेन–जी पुस्तालाई धोका
ओलीले जेन–जी पुस्तालाई धोकामा पारिएको बताएका छन्।
जेन–जी आन्दोलनलाई तीन भागमा हेर्छु। उनीहरूका खुलस्त रूपमा तीनवटा माग थिए। भ्रष्टाचार, अन्त्य, सुशासन कायम र रोकिएका सामाजिक सञ्जाल खुलाइनुपर्छ भन्ने माग थिए । जेन–जीलाई धोकामा पारियो, जे गरेर भए पनि विरोध प्रदर्शनका लागि तयार पारियो।
मैले नेतृत्व किन छाड्ने ?
ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचार गर्न गएकाले पार्टीमा कार्यवाहक दिएको दावी गरेका छन् । आफूले कसैलाई कार्यवाहक दिनुपर्ने कारणै नभएको उनले बताए ।
बालेनलक्षित टिप्पणी
ओलीले आफ्नो सुरक्षाकर्मी कटौती गरेकोप्रति असन्तुष्टि जनाएका छन्। आफूलाई थ्रेट रहेको बेलामा सुरक्षाकर्मी कटौती गरेर वडाध्यक्षदेखि मेयरसम्मका लागि बढाइएको टिप्पणी गरे।
केपी ओलीको घर जलाउँनै पर्ने, केपी ओली गुण्डुमा छ त्यही गएर मार्छौँ भन्ने ४ हजार बाइक तयार भएका थिए, सबै तयार थिए भन्ने। ममाथि त्यो थ्रेट छ मेरो सुरक्षाकर्मी सरकारले फिर्ता लिन्छ, अनि वडाध्यक्ष, मेयर र उनीहरूको गिरोहको बढाउँछ, मेरो खोस्छ।
श्रृंखलालाई हेलिकोप्टरबाट स्कुल पुर्याउने गरेका थिए ?
ओलीले जेनजीहरुले सामाजिक सञ्जालमा चलाएको नेपो बेबी अभियानप्रति आपत्ति जनाएका छन् । यो अभियानका कारण बालबालिका र युवाहरुमा मेन्टल टर्चर भएको उनले दावी गरे ।
हुर्किँदै गरेका बालबालिका, भर्खरका युवाहरुलाई मेन्टल टर्चर दिइएको छ.. के बेबी अरे... नेपो बेबी... नेपो बेबी भनेपछि तपाईंहरुका छोराछोरी त्रशित छन् । तपाईंहरुले आफ्नो छोराछोरीलाई म्वाई खानुभएको छ । काखमा राख्नुभएको छ । भोक लाग्दा खुवाउनुभएको छ । कपडा, जुत्ता–चप्पल लगाइदिनुभएको छ । गच्छेले भ्याएसम्म राम्रै स्कुलमा पढाउनुभएको छ । बिरामी हुँदा उपचार गराउनुभएको होला । आमा र बुवा दुवैले माया गरेकै होला । अनि श्रृंखला खतिवडालाई त्योभन्दा बढी के गरेका थिए र ? खरबपति अरबपतिकी छोरी हुन् उनी ? हेलिकोप्टरबाट स्कुल पुर्याउने गरेको थियो ? नेपो बेबी.. २५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…
१७ वैशाख २०८२, बिहीबार । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ ।…
२ वैशाख बुधबार २०८३, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा फेरि श्रम स्वीकृति खुला…
१ चैत आइतबार २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको…
AU REVIEWCASINO≡GiftsSlotsSign InSupport× Online casino real money AustraliaCurious about playing casino games online for real…
AU REVIEWCASINO≡GiftsSlotsSign InSupport× Online casino real money AustraliaCurious about playing casino games online for real…