Categories: NEWS

मिराज ढुंगानाले पार्टी खोल्ने

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल निर्माण गर्ने घोषणा गरेका छन् । यसका लागि वार्ता समिति समेत गठन भएको उनले जानकारी दिए ।

सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुंगानाले ‘गरिखान देउ’ अभियानमार्फत दल निर्माणमा होमिन लागेको बताए । जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएको उनको भनाइ छ ।

तर अहिलेकै स्थितिमा निर्वाचनमा भाग नलिने ढुंगानाले बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, विदेशमा भएका नेपालीलाई मताधिकार र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको संरचना बन्नुपर्ने शर्त प्रस्तुत गरेका छन् ।

‘आमूल परिवर्तन ल्याउन डटेर लाग्ने अठोटसहित पार्टी गठनका लागि वार्ता समिति बनाएका छौं । तपाई।हरु आजैबाट यसमा जोडिन सक्नुहुन्छ । देशले निकास खोजिरहेको छ । यसमा हामी आफूलाई जिम्मेवार ठान्छौं । निकास दिलाएरै छोड्छौं ।’ उनले भने ।

ढुंगानाले कात्तिक १ गते एभरेस्ट होटलमा प्रेस मिट गर्ने जानकारी पनि दिए ।

admin

Recent Posts

पत्रकार टेकराज थामीको अन्त्येष्टि

रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ । परिवारको सल्लाह…

2 weeks ago

नदीमा कुकुर फालेकी विमलाले प्रहरीलाई के भनिन् ?

गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको…

2 weeks ago

झुक्यो मोदी सरकार, शिक्षामन्त्रीको राजीनामापछि कक्रोचले के भन्यो ?

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता…

2 months ago

`मास्टर्नी´ले मागिन् माफी

१ साउन २०८३ शुक्रबार, काठमाडौं । निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को एउटा प्रमोशनल गीतका कारण उत्पन्न…

3 months ago

World Cup Trophy का लागि स्पेन र अर्जेन्टिना भिड्ने

३२ असार २०८३ बिहीबार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग…

3 months ago

सञ्जय र पूर्णलक्ष्मी पहिलो

२५ वैशाख २०८३ आइतबार, काठमाडौं । सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल 5k रन च्यालेन्जको…

5 months ago