अविश्राम राजनीतिज्ञ आनन्द प्रसाद पोखरेल नेपालको प्रखर कम्युनिस्ट नेताहरू मध्येका एक हुन । लामो समयदेखी बामपन्थी राजनीतिमा सक्रिय पोखरेल बैचारिक सिद्धान्तनिष्ट, ज्ञान, तर्क क्षमता र वाककलाका लागि लोकप्रिय मानिन्छन् । एमालेका पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज पोखरेल पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत हुन् । संसदमा तार्किक बहसको लागि कहलिएका थोरै नेताहरु मध्येमा पर्ने पोखरेलले कम्युनिष्ट सिद्धान्त, संगठन र योजनासँग सम्बन्धित केही पुस्तक समेत प्रकाशन गरेका छन् । उनै पोखरेलसँग एमालेको ११औं महाधिवेशन केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश ।
एमालेको ११औं महाधिवेशन उद्घाटनको सँघारमा छ । सबैले यो महाधिवेशन बिगतका भन्दा पृथक रहेको दाबी छन् । तपाईंले यसलाई कसरी नियालीरहनु भएको छ ?
राजनीतिक दलका निम्ति महाधिवेशन नेतृत्व परिवर्तन मात्रै होइन, नीति निर्माण गर्ने महत्वपूर्ण अवसर हो । जसले सम्बन्धित दल र ऊसँग आवद्ध नेता÷कार्यकर्ताको मात्रै होइन, मुलुकको भविष्य निर्माणमा सरोकार राख्छ । एमाले अहिले यसैको सँघारमा छ । विगतमा हामीले १० वटा महाधिवेशन सफलतापूर्वक सम्पन्न ग¥यौं । जसले प्रभावशाली नेता÷कार्यकर्ता जन्मायो । उनीहरुकै बलमा एमालेले पटक–पटक राजकीय जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त ग¥यो । र, मुलुकमा जनताले महसुस गर्ने गरी सकारात्मक परिवर्तन हुन सके ।
प्रजातन्त्र पुनःस्र्थापना भएयताको ३५ वर्षे अवधिलाई नियालौं । पञ्चायत काल अन्त हुने ताका मुलुकमा गरिबीको दर ७० प्रतिशत थियो । अहिले यो दर घटेर २४ प्रतिशतमा आइपुगेको छ । हाम्रो आर्थिक वृद्धिदर सरदर ४ देखि ५ प्रतिशत छ । प्रतिव्यक्ति आम्दानी पाँच सय अमेरिकी डलरबाट बढेर १४ सय अमेरिकी डलर पुगेको छ । मातृशिशु मृत्युदर घटेका छन् । सडक सञ्जालमा नजोडिएका जिल्ला छैनन् । ग्रामिण सडकबाट अघि बढेर हामी सुरुङ मार्ग र एसियन स्ट्याण्डर्डको सडकमा प्रवेश गर्दैछौं । फास्ट ट्रयाक निर्माण यसैका उदाहरण हुन् । ०७२ को विनाशकारी भूकम्पले हामी नराम्रोसँग ढलेका थियौं । हामी त्यो पीडाबाट यसरी उठ्यौं कि पाँच वर्षपछि नियाल्दा यहाँ भूकम्प गएको थियो र ? भन्ने अवस्थामा पुग्यौं । यी सबै हिजोका नेतृत्वले गरेका काम भए ।
तर, आज मुलुकको परिस्थिति र आवश्यकतामा भारी बदलाव आएका छन् । युवा शक्ति पलायन अहिलेको सबैभन्दा जटिल समस्या हो । मुलुकभित्रै रोजगारी सिर्जना गरी युवा पलायन रोक्नु अहिलेको पहिलो आवश्यकता हो । यसका लागि मुलुकमा लगानीमैत्री वातावरण बन्नु जरुरी छ । नीतिगत स्पष्टता र कार्यन्वयनमा दृढता हुन सके मात्रै यो सम्भव देखिन्छ ।
मुलुकमा बाह्य शक्तिको चलखेल बढेको छ । उनीहरुका स्वार्थ केन्द्रित अस्वस्थ प्रतिष्पर्धाले मुलुकको सार्वभौमिकतामै प्रश्न चिन्ह खडा हुने वातावरण निर्माण गरेको छ । जुन इतिहासमा यसअघि बिरलै भएका थिए । चुनौतीपूर्ण यो घडीमा थोरै मात्रै ढलपल भए मुलुकको भविष्य नै खतरमा पर्न सक्नेछ । त्यसो हुँदा यस बेला चलाखीपूर्ण ढंगले सन्तुलित नीति अख्तियार गरी अघि बढ्नु पर्नेछ ।
एमालेले राष्ट्रियताको सवालमा सँधै दृढ र स्पष्ट नीति अख्तियार गर्दै आएको छ । चुच्चे नक्सा होस् या चिनसँग गरिएको पारवहन सन्धि सबै एमालेकै नेतृत्वबाट सम्भव भए । यही कारण अहिले एमालेले विरुद्ध चौतर्फी घेराबन्दी छ । नेतृत्वमाथि आक्रमणका दर चुलीमा पु¥याइएका छन् । यी र यस्तै जटिल समस्या सम्बोधन गर्न सक्ने नीति र नेतृत्व निर्माण एमालेको ११औं महाधिवेशनको मुख्य उद्देश्य हुन् । जसले यो महाधिवेशनलाई बिगतका महाधिवेशनभन्दा पृथक र बिशेष बनाएको छ ।
यतिबेला मुलुक राष्ट्रिय संकटमा छ । मुलुक सहज परिस्थितिमा छैन । यसलाई सही ट्रयाकमा ल्याउन जरुरी छ । यसका लागि जुझारु र देशभक्त नेतृत्वको खाँचो छ । सन्तुलित परराष्ट्र नीतिले मात्रै मुलुकलाई सही ट्रयाकमा ल्याउन सक्छ । अर्को पार्टी आन्तरिक तथा बाह्य शक्तिको घेराबन्दीमा छ । नेतृत्व माथि चौतर्फी आक्रमण छ । राष्ट्रवादी अडान लिएकै कारण एमाले र यसको नेतृत्व विरुद्ध यस्ता घेराबन्दी भएका हुन् । यी समस्या विरुद्ध मुकाबिला गर्न सक्ने नेतृत्व महाधिवेशनले चयन गर्ने छ ।
तपाईं एमालेको आन्दोलनमा निरन्तर सहभागी रहँदै आएको देखिनुहुन्छ । यस अवधिमा तपाईं मुलुकको राजकीय जिम्मेवारीदेखि पार्टीको विभिन्न भूमिकामा पुग्नुभयो । यस पटकको महाधिवेशनमा तपाईंको आकांक्षा के हो ?
एमालेमा संगठित सदस्यको संख्या झण्डै सात लाख छन् । त्यस सूचीमा मेरो नाम ३६३औं स्थानमा छ । अर्थात धेरै सिनियर नेताको पंक्तिमा आनन्द पोखरेल पनि एक हो । मभन्दा पछिका धेरै सदस्य पदाधिकारी बनिसके । सक्रियता, निरन्तरता र दक्षताका आधारमा म कोहीभन्दा कम होइन । तर, म पछि पारिएँ । यसका कारण छन् । चाहेर वा नचाहेर हिजो पार्टीमा चर्को गुटबन्दी थियो । वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई अभिव्यक्ति दिने सवालमा मात्र होइन, पार्टी कार्यालय प्रवेशमै रोक लगाउने सम्मका गतिवधि त्यस बेला हुने गर्थे । संकटको त्यो घडीमा म सँधै ओलीको पक्षमा उभिएँ । म पछि पारिनुमा यस्तै कारण थिए ।
तर, म पार्टीको अभियानबाट न थाकेँ, न अगल भएँ । पाँच दशक लामो यात्राको यो क्रमलाई मैले अझ मजबुत बनाउने संकल्प गरेको छु । चाहे त्यो वैचारिक होस या नीतिगत पक्षबाट होस् । त्यसो हुँदा मैले यस पटक पदाधिकारीमा लड्ने इच्छा गरेको छु । यस क्रममा पार्टी पंक्तिमा आवद्ध सबै साथीहरुसँग गहन विमर्श गरेको छु । उहाँहरुको फिडब्याक लिएको छु । सबैबाट सकारात्मक प्रतिक्रिया आएका छन् । जसले मलाई थप उत्साह भरिदिएको छ । त्यसो हुँदा यस पटक पार्टी प्रतिनिधिहरुले पदाधिकारी बनाएर न्याय गर्नु होला भन्ने आशा छ ।
तपाईंले बिगत पाँच दशकदेखि पार्टी गतिविधिमा सक्रियता रहेको बताउनु भयो । त्यस बेलाका गतिविधि कस्ता थिए ? तपाईं कसरी पार्टीमा जोडिनु भयो ?
मेरो घर दोलखा तामाकोशी गाउँपालिका वडा नम्बर– ३ जफेमा पर्छ । म त्यही गाउँमा जन्मिए, हुर्किएँ । गाउँकै स्थानीय विद्यालय अध्ययन गरेँ । ०२९ साल जुन बेला म कक्षा सातमा पढ्दै थिएँ । त्यही बेला मैले अनेरास्ववियुको सदस्यता लिएँ । पार्टीमा जोडिएको म त्यही बेलादेखि हो । ०३२ सालमा अखिल नेपाल कोअर्डिनेशन केन्द्र युथ लिगमा संलग्न भै क्रियाशिल रहेँ । ११ पुस ०३५ मा नेकपा माले गठन भयो । त्यस बेला मैले युवाको नेतृत्व गर्ने अवसर पाएँ । आन्दोलनमा सक्रिय भएँ । अध्यनलाई निरन्तरता दिनु थियो । कृषि विज्ञान पढ्न म चितवन पुगेँ ।
क्याम्पस अध्ययनकै क्रममा म अनेरास्ववियुको चितवन जिल्ला समिति अध्यक्ष, नारायणी अञ्चलको सचिव र सातांै राष्ट्रिय अधिवेशन आयोजक समितिको सदस्य बने ।
त्यस बाहेक पार्टी सम्वद्ध नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य, प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च दोलखाको सचिव र जनपक्षीय मञ्चको केन्द्रीय सदस्य समेत बनेँ । ०४३ देखि ०४६ सम्म तत्कालिन नेकपा मालेको जिल्ला संगठन समितिको सदस्य रहेर काम गरेको थिएँ । पार्टी गतिविधिमा सक्रिय भएकै कारण म १३ पटकसम्म जेल परेँ ।मुलुकमा प्रजातन्त्र पुनःस्र्थापना भयो । राजनीतिक माहोल खुकुला भयो । त्यसपछि म दोलखा केन्द्रित पार्टी गतिविधिमा लागेँ । यही क्रममा नेकपा एमाले दोलखाको सचिव(०५४०५९) भएँ । बागमती अञ्चल (बागमती प्रदेश) संगठन कमिटी सदस्य(०६००७०), पार्टी केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश संगठन कमिटी सचिव(०७५), अध्यक्ष(०७७) भएँ । ०७८ देखि म पार्टीको पोलिटब्युरो सदस्य तथा संगठन विभाग सदस्यको भूमिकामा छु । साथै अहिले मैले नेकपा एमाले काठमाडौं जिल्ला कार्यसमितिको इन्चार्जको भूमिका समेत निर्वाह गरिरहेको छु ।
०७२ को नाकाबन्दी लगतै गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकामा तपाईं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हुनुभयो । ओली नेतृत्वको नौ महिने सरकारको हालसम्म पनि चर्चा हुने गर्छ, बिशेषगरी नाकाबन्दीमा उहाँले लिएको अडानको सन्दर्भमा । त्यसमा तपाईको भूमिका के रह्यो ?
१२ बैशाख ०७२ को भूकम्पले मुलुक थचक्कै बसेको थियो । त्यस लगत्तै मधेसमा आन्दोलनका राँका बल्न थाले । मुलुक चौतर्फी मुठभेडको अवस्थामा गुज्रिँदै थियो । यही पृष्ठभूमिमा हामीले मुलुकको संविधान जारी गर्नु पर्ने थियो । जुन ०६४ देखि थाति रहेको थियो । चौतर्फी दबाबको बावजुद ३ असोज ०७२ मा नयाँ संविधान जारी भयो । त्यसको पर्सीपल्ट अर्थात ५ असोज ०७२ मा भारतले अघोषित नाकाबन्दी लगायो । यही रस्साकस्सीबिच २५ असोज ०७२ मा एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन भयो । सोही क्याबिनेटमा म संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएँ । भूकम्प र नाकाबन्दीले थिलथिलो भएको मुलुकमा भत्किएका सांस्कृतिक सम्पदा पुनःनिर्माण, पर्यटक प्रवर्द्धन त्यस बेलाको मुख्य आवश्यकता थियो । विभागीय मन्त्रीको हैसियतले म सोही काममा लागेँ ।
नेपालको पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण तथा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालको पहिचानका लागि खेलेको भूमिकालाई अहिले पनि सबैले प्रशंसा गर्छन् । भिजिट नेपाल ०२० को तयारी, धार्मिक पर्यटन प्रवर्द्धन र बुद्ध सर्किट विकास त्यस बेला भएका महत्वपूर्ण कार्य हुन् । त्यस बाहेक पशुपतिनाथ, बौद्ध, भक्तपुर दरवार क्षेत्र लगायतका सांस्कृतिक सम्पदा पुनःनिर्माण, हवाई क्षेत्रको सुधार, विमानस्थल सुरक्षा र सुधार सम्बन्धि नीति कार्यान्वयन, दोलखाको कालिञ्चोक, दोलखा भीमेश्वर क्षेत्रको भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माणको कार्ययोजना स्विकृती अर्का महत्वपूर्ण काम हुन् ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणका क्रममा तपाईंले संसदमै आत्मदाह गर्नेसम्मको चेतावनी दिनु भएको थियो । त्यस बेला यो परिस्थिति कसरी निर्माण भयो ?
नेपालमा जलविद्युत निर्माणको इतिहास लामो छ । १९६८ मै तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरले फर्पिङ जलविद्युत आयोजना निर्माण गरेका थिए । जुन दक्षिण एसिया मात्र नभई एसियामै पहिलो थियो । तर, कालन्तरमा हामी यति पछि प¥यौं कि दैनिक १८ घण्टासम्मको लोडसेडिङ सामना गर्नुपर्ने परिस्थिति बन्यो । यो समस्यबाट जनता आजित थिए ।
यही पृष्ठभूमिमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको प्रसंग बहसमा थियो । बिशेषगरी लगानीको पक्षलाई लिएर अनेक कोणबाट बहस भइरहेका थिए ।
हामी कहाँ बिदेशी मुलुकले निर्माणको जिम्मा लिएको परियोजनाको प्रगति दर सकारात्मक छैन । यो परियोजना पनि विदेशीलाई नै दिने कुरा चलिरहेको थियो । हामीले यसमा विरोध ग¥यौं । त्यसको बदला स्वादेशी लगानीमै निर्माण हुनु पर्ने रटान लगाई रह्यौं । कतिपय विद्वानले त यो हुनै नसक्ने काम भने । यसको अग्रपंक्तिमा थिए, तत्कालिन अर्थमन्त्री रामशरण महत । परिस्थिति सकारात्मक ढंगले अघि बढिरहेको थिएन । सोही पृष्ठभूमिमा मैले तामाकोशी जलविद्युत आयोजना निर्माणमा दाँया–बाँया गरिए संसदमै आत्मदाहा गर्ने चेतावनी दिएको हुँ । त्यस लगत्तै वातावरण सकारात्मक ढंगले अघि बढ्यो । स्वदेशी लगानीको सुनिश्चिता बन्यो । ४५६ मेघावाटको सो योजनाबाट अहिले विद्युत उत्पादन भइरहेको छ । मुलुकको लोडसेडिङ अन्त्य हुनुमा यसको महत्वपूर्ण भूमिका छ ।
महाधिवेशनमै केन्द्रित हौं । एमालेमा ओली तेस्रो पटक अध्यक्ष बन्दै हुनुहुन्छ । यसलाई लिएर पार्टीभित्र र बाहिर विरोध भइरहेका छन् । यसमा तपाईंको दृष्टिकोण के छ ?
मैले अघि नै भनेँ । यतिबेला मुलुक राष्ट्रिय संकटमा छ । मुलुक सहज परिस्थितिमा छैन । यसलाई सही ट्रयाकमा ल्याउन जरुरी छ । यसका लागि जुझारु र देशभक्त नेतृत्वको खाँचो छ । सन्तुलित परराष्ट्र नीतिले मात्रै मुलुकलाई सही ट्रयाकमा ल्याउन सक्छ । अर्को पार्टी आन्तरिक तथा बाह्य शक्तिको घेराबन्दीमा छ । नेतृत्व माथि चौतर्फी आक्रमण छ । राष्ट्रवादी अडान लिएकै कारण एमाले र यसको नेतृत्व विरुद्ध यस्ता घेराबन्दी भएका हुन् । यी समस्या विरुद्ध मुकाबिला गर्न सक्ने नेतृत्व महाधिवेशनले चयन गर्ने छ ।
आम प्रतिनिधि तथा कार्यकर्ता पंक्तिलाई तपाईंको केही भन्नु छ ?
जेन–जी विद्रोहपछि मुलुकको आवश्यकता र परिस्थिति बदलिएका छन् । चाहेर वा नचाहेर हामीले उनीहरुको जायज माग सम्बोधन गर्नुको विकल्प छैन । एमालेको ११औं महाधिवेशनले ती मागलाई नीतिगत रुपमै संस्थागत गर्नेछ । यसैका लागि करिब दुई सय प्रतिनिधि जेन–जी पुस्ताबाट ल्याएका छौं । यो कुल प्रतिनिधिको करिब ८ प्रतिशत (आयोजकसहित कुल प्रतिनिधि करिब दुई हजार ५००) हो । उनीहरुको प्रतिनिधित्व पार्टीको केन्द्रीय समितिमा पनि हुनेछ । त्यसो हुँदा जेन–जी पुस्ताको माग सम्बोधन एमालेले नै सम्बोधन गर्न सक्नेछ ।
व्यक्तिगत रुपमा म आफैं पदाधिकारीको आकांक्षी हुँ । मसहित अन्य साथीहरु पनि नेतृत्वका लागि अग्रसर हुनेछन् । सुझबुझका साथ सबै सक्रिय रुपमा महाधिवेशनमा सहभागि हुनुहुन अनुरोध गर्दछु ।
६ पुष २०८२ आइतबार, काठमाडौं । फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुने टी-२० विश्वकप…
६ पुष २०८२ आइतबार, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटमा रहेको एक इनारमा युवकको शव…
६ पुष २०८२ आइतबार, काठमाडौं । पाकिस्तानले एसीसी यू१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ…
६ पुष २०८२ आइतबार, काठमाडौं । काठमाडौंको स्पा र गेस्टहाउसबाट उद्धार गरिएका मध्ये एक नाबालिका…
३ पुष २०८२ बिहीबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक…
२९ मंसिर २०८२ सोमबार, काठमाडौं । सुरज पौडेल निर्देशित रिहानाले १३औं संस्करणको नेपाल मानवअधिकार चलचित्र…