spot_img

महँगी अभिनेत्री बनिन् कियारा

बलिउड अभिनेत्री कियारा आडवानी दक्षिण भारतीय फिल्म ‘टक्सिक’ मा देखिने भएकी छन्।

यस फिल्मका लागि उनले महँगो पारिश्रमिक लिएको बताइएको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनले १५ करोड भारू पारिश्रमिक लिएकी हुन्।

योसँगै कियारा सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय अभिनेत्री बनेकी छन्। उनले प्रियंका चोपडा, दीपिका पादुकोणलाई पछि पार्दै उक्त रेकर्ड राखेकी हुन्।

‘टक्सिक’ मा कियारासँगै यशको मुख्य भूमिका रहनेछ।

कियारा ‘डन ३’ र ‘वार २’ को तयारीमा छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular