spot_img

ओशो सन्यासी बनिन् शिल्पा, नाम- माँ प्रेमा हाँस्या

अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरिन् ।

ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ । अभिनेत्री समेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले यसबारे जानकारी दिँदै शिल्पाले नवसन्यास लिएकोमा खुसी जनाएकी छन् ।

शिल्पालाई शुभकामना दिँदै शोभिता लेख्छिन्- ‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्‍याओस् र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना ।’

‘लज्जा’बाट फिल्म अभिनयमा डेब्यु गरेकी शिल्पाले करिअरमा ९ फिल्ममा अभिनय गरेकी छिन् । हवल्दार सुन्तली, फागु, किस्मत २, मंगलम उनका चर्चित फिल्म हुन् । उनको पछिल्लो फिल्म ‘भिलेन’ ७ वर्षअघि रिलिज भएको थियो ।

त्यसयता उनी पूर्वश्रीमान तथा फिल्म निर्माता छविराज ओझासँगको वैवाहिक सम्बन्धले चर्चामा रहिन् । उनीहरूबीच सम्बन्धविच्छेद भैसकेको छ ।

1 COMMENT

  1. It’s no secret that the digital industry is booming. From exciting startups to global brands, companies are reaching out to digital agencies, responding to the new possibilities available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular