spot_img

ब्राजिलियन खेलाडी सर्जियो बार्बोजाले धनगढीबाट एनएसएल खेल्ने

धनगढी फुटबल क्लब (एफसी)ले ब्राजिली खेलाडी सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ।

नेपाल सुपर लिग एनएसएलका लागि धनगढीले ब्राजिलियन विंगर बार्बोजालाई अनुबन्ध गरेको हो। उनी विभिन्न देशका लिगमा आफ्नो छाप छोड्न सफल भइसकेका छन्।

नेपालमा आएर फुटबल खेल्ने उनी पहिलो ब्राजिलियन खेलाडी हुन्। उनले छिमेकी देश भारतका विभिन्न क्लबबाट पनि व्यावसायिक फुटबल खेलिसकेका छन्।

धनगढी एफसीले यसअघि विदेशी खेलाडीको रूपमा अहमद हिजाजी, अफिज ओलावाले, वालिद विररौ र मोहमद एल जाओआनीलाई अनुबन्ध गरिसकेको छ। धनगढी एफसीका अध्यक्ष सुवास शाहीले बार्बोजालाई आफ्नो टोलीमा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन्।

उनको अनुभव र कौशलताले टोलीलाई थप बलियो बनाउने शाहीले बताएका छन्। नेपाल सुपर लिग फुटबल चैत १६ देखि वैशाख १३ सम्म काठमाडौँमा हुँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular