spot_img

रोकिएन सेयर बजारको गिरावट

सेयर बजारमा लगातारको गिरावट कायमै छ। आइतबार बजारका सबै परिसूचक घटेका छन्। आइतबार एकैदिन ५३.०४ अंकले घटेर नेप्से २६ सय १६.२६ विन्दुमा झरेको छ। यो पछिल्लो दुई महिनायताकै न्यून हो।

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.८० प्रतिशतले घटेको छ। आइतबार ३१७ कम्पनीको एक करोड २३ लाख ७१ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३२ करोड एक लाख ४१ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

आज २३० कम्पनीको सेयर मूल्य घट्दा १३ कम्पनीको मात्रै मूल्य बढेका छन्। त्यसमध्ये एनएमबि ५० र आइसिएफसी ८८ को मूल्य करिब चार प्रतिशत बढ्दा मिथिला लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ। भूगोल इनर्जी विकास कम्पनी र सयपत्री हाइड्रोपावरको क्रमशः सात र ६ प्रतिशतभन्दा धेरैले गिरावट भएको छ।

आइतबार नेप्सेका १३ वटै समूहको सूचक घटेका छन्। म्युचल फन्ड एक प्रतिशतभन्दा कमले घट्दा बैंक, जीवन बिमा, उत्पादन तथा प्रशोधन र अन्य समूह एक प्रतिशतभन्दा धेरैले घटे। बाँकी सबै समूहको सूचक दुई प्रतिशतभन्दा बढीले घटेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular