spot_img

प्रकाशमानलाई बालेनको कडा प्रहार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई काम कहिले गर्ने भन्दै प्रश्न गरेका छन्।

अव्यवस्थित बस्ती हटाउने, कपन खोला व्यवस्थित गर्ने, बालमन्दिर बचाउने प्रतिबद्धताहरू कुरामै सीमित रहेको भन्दै यी काम कहिले गर्ने भनी प्रश्न गरेका हुन्।

मेयर शाहले फेसबुकमा लेखेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउन प्रयास गर्ने कुरा सधैँ कुरामै रह्यो। कहिले गर्ने होरु’

बालेन हराउने नाममा आफ्नो सहर काठमाडौं, निर्वाचन क्षेत्र र देश नहराउनु भन्दै उनले अगाडि लेखेका छन्, ‘मलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र र देशचाहिँ नहराउनुहोला। यत्रो गणेशमान सिंह, पिएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनुहोला।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular