- २०८२ असार २१ आइतबार । काठमाडौं
टाइब्रेकरमा नेपाललाई हराउँदै उज्वेकिस्तान एएफसी एसियन कप फुटबलमा छनोट भएको छ ।
छनोटअन्तर्गत निर्णायक खेलमा नेपाललाई हराउँदै घरेलु टोली उज्वेकिस्तान अर्को वर्ष अष्ट्रेलियामा हुने एसिया कपमा छनोट भएको हो ।
टाइब्रेकरमा नेपालकि कप्तान सावित्रा भण्डारी र गोलकिपर अन्जना रानामगर गोल गर्न सकेनन् ।
उज्बेकिस्तानका चारै खेलाडीले पेनाल्टीमा गोल गरे ।
नेपालका लागि पहिलो पेनाल्टी नै सावित्राले गुमाएपछि गीता राना र सविता राना मगरले गोल गरिन् ।
तर चौथो पेनाल्टी गोलकिपर अन्जना राना मगरले मिस गरेपछि नेपाल पेनाल्टीसुटआउटमा ४-२ ले पराजित भयो ।
उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो ।
११औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर पार्यो ।
२४औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन् ।
तर ३९औं मिनेटमा पेनाल्टीमार्फत शोएमोभले गोल गर्दै उज्बेकिस्तानको अग्रता फेरि बढाइन् ।
एन एर्गासेभाले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि उज्बेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रहेको थियो ।
दोस्रो हाफको ७०औँ र ७१औँ मिनेटमा सावित्राले लगातार गोल गर्दै नेपाललाई खेलमा फर्काउँदा पनि टाइब्रेकरमा चुक्दा नेपाल पराजित भयो ।
यो हार नेपालका लागि एउटा खेलमा मात्र हार थिएन ।
नेपाली महिला फुटबलले पनि धेरै कुरा गुमाउने छ ।
नेपाल महिला एसियन कपमा छनोट हुन सकेन भने उत्कृष्ट टिमले पनि एसियन कप खेल्ने पाएन ।
लगातार दोस्रो पटक महिला एसियन कप छनोट खेलेको नेपाल लगातार दुवै पटक एसियन कपमा पुग्न सकेन ।
यसको अर्थ नेपालले महिला एसिया कप मात्र गुमाएन, फिफा महिला विश्वकप २०२७ र लस एन्जलस ओलम्पिक २०२८ को पनि ढोका बन्द भएको छ ।