- २०८२ असार २१ शनिबार । काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ऐतिहासिक सिंहद्वार (मूर्ति) उद्घाटन गरेका छन् ।
आज (शनिबार) बालेनले देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको असन बजार प्रवेशद्वारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) उद्घाटन गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर २७ अन्तर्गत पर्ने कमलाक्षी स्थित असन प्रवेशद्वारमा निर्माण गरिएको सिंहको प्रति मूर्तिको निर्माण लागत सात लाख रहेको आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठले जानकारी दिए ।
बालेनले हालसम्म काठमाडौं महानगरपालिकाको बजेट भने ल्याउन सकेका छैनन् ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँगको विवादका कारण उनले कार्यपालिका बैठक समेत बोलाएका छैनन् ।