- २०८२ असार २१ शनिबार । काठमाडौं
‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ ।
सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको छलफलमा सात सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गर्ने निर्णय भएको हो ।
समितिमा कांग्रेस र एमालेबाट २-२ तथा माओवादी, रास्वपा र राप्रपाबाट १-१ जना सदस्य रहनेछन् ।
समितिको नेतृत्व कांग्रेसले गर्नेछ ।
प्रतिनिधिसभाको पर्सी (सोमबार) बस्ने बैठकले यो निर्णय अनुमोदन गर्ने छ ।
छानबिनका लागि १५ दिनको समय दिइने छ ।