नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि

  • २०८२ असार २१ शनिबार । काठमाडौं

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

मलेसियामा शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालका लागि जोय थापाले सर्वाधिक अविजित २४ रन बनाए ।

९२ रनमा ८ विकेट गुमाएको नेपाललाई थापाले जिततर्फ दोहोर्‍याएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४० ओभर ५ बलमा ११३ रनमा अलआउट भएको थियो ।

सिंगापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए ।

बलिङमा नेपालका अभय यादव र सुशील बहादुर रावलले समान ३-३ विकेट लिए ।

कप्तान विपिन शर्माले एक र शुभम खनालले २ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?
spot_imgspot_imgspot_imgspot_img

Most Popular