२०८२ असार १९ बिहीबार । काठमाडौं
पूर्वपश्चिम (महेन्द्र) राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएको छ ।
पुल नहुँदा सडक अवरुद्ध भइरहने विनयी खोलामा आजदेखि नयाँ पुल सञ्चालनमा आएको हो ।
योसँगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता भएको छ ।
यसअघि पुल नहुँदा यात्रुले सास्ती व्यहोर्नु परिरहेको थियो ।
पुल भत्किएको ठाउँमा डाइभर्सन बनाइएको भए पनि बाढीले बगाउने गरेकोले आवतजावतमा समस्या पर्ने गरेको थियो ।
डाइभर्सन बिग्रिएपछि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउने गरेको थियो ।