२०८२ असार १९ बिहीबार । काठमाडौं
नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा पुगेको छ ।
आज भएको सेमिफाइनलमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।
पहिले ब्याटिङ गर्दै मलेसियाले नेपाललाई ९१ रनको सामान्य टारगेट दिएको थियो ।
नेपालले ११.४ ओभरमै टारगेट पूरा पर्यो ।
नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विष्फोटक इनिङ खेल्दै जितसम्म पुर्याए ।
शिवान्स बजगाईं २३ रनका अविजित रहे ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा जम्मा ९० रनमा समेटिएको थियो ।
मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।
बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए ।
शुभम खनालले ३, कप्तान विपीन शर्मा र सचिव भट्टले एक-एक विकेट लिए ।
नेपालले अब उपाधिका लागि सिंगापुरसँग खेल्नेछ ।
फाइनल खेल शनिबार हुनेछ ।