श्रीलंकामाथि नेपालको शानदार जित, साम्बाको ह्याट्रिक

२०८२ असार १८ बुधबार । काठमाडौं

एएफसी एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ ।

उज्वेकिस्तानमा भएको खेलमा नेपालले श्रीलंकालाई ८-० गोल अन्तरले पराजित गर्यो ।

नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरिन् ।

उनले २० औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरिन् ।

गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एकएक गोल गरे ।

पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ४ गोल गर्यो ।

गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं मिनेटमा गोल गरेका थिए ।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९-० गोल अन्तरले पराजित गरेको थियो ।

नेपालले अब शुक्रबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ ।

उज्वेकिस्तानलाई हराउन सके नेपाल सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?
spot_imgspot_imgspot_imgspot_img

Most Popular