- २०८२ जेठ २२ विहीबार । काठमामाडौं
विश्व वातावरण दिवसको अवसर पारेर मानव अधिकार चलचित्र केन्द्रले काठमाडौंको पद्मकन्या कलेज (पिके) मा सचेतनामुलक कार्यक्रम तथा वृत्तचित्र प्रदर्शनी गरेको छ ।
पद्मकन्या कलेज वातावरण सरोकार समुह र पद्कन्या कलेज स्वतन्त्र विद्यार्थी युनियनसँगको सहकार्यमा सचेतनामुलक र्याली, वृत्तचित्र प्रदर्शनी, फोटो प्रदर्शनी र पेन्टिङ कार्यक्रम गरिएको हो ।
बिहान ८ बजे पद्मकन्या कलेजबाट सुरु भएको सचेतनामुलक र्यालीमा झन्डै २ सय विद्यार्थी, प्राज्ञ, अभियन्ता तथा सर्वसाधारण सहभागी थिए ।

सहभागीहरुले वातावरण संरक्षण गर्न आव्हान गर्दै विभिन्न प्लेकार्ड बोकेका थिए ।
उक्त र्याली प्रदर्शनीमार्ग, भृकुटिमण्डप, शान्तिबाटिका हुँदै फेरि कलेज प्रांगणमै आएर टुंगिएको थियो ।


त्यसपछि कलेज प्राङ्गणमा वृक्षारोपण तथा वृत्तचित्र प्रदर्शनी गरियो ।
पद्कन्या क्याम्पसका प्रमुख क्याम्पस प्रमुख प्रा. डा. जयलक्ष्मी प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यmक्रममा वातावरण सम्बन्धी वृत्तचित्र देखाइएको थियो ।

त्यसपछि प्यानल डिस्कसन गरिएको थियो ।
विकल थापाको फोटो प्रदर्शनी
कार्यक्रममा फोटो पत्रकार विकल थापाले एकल प्रदर्शन गरेका छन् ।
उनले मुस्ताङ, सगरमाथा रुकुम, काठमाडौंलगायत विभिन्न भूभागमा खिचेका जलवायु परिवर्तन सम्बन्धी तस्विरहरु प्रदर्शनीमा राखिएको हो ।



थापाले लामो समयदेखि वातावरण तथा सामाजिक विषयवस्तुका फोटो तथा भिडियो खिच्दै आएका छन् ।

कार्यक्रमका दौरान पद्कन्या कलेजका विद्यार्थीहरुले चित्रकला समेत तयार गरेका थिए ।
मानवअधिकार चलचित्र केन्द्रका महासचिव आभास रिजालले भने-
-हामीले विगत केही समयदेखि कलेजमा गएर सचेतनामुलक वृत्तचित्रहरु प्रदर्शन गर्ने तथा त्यस विषयमा अन्तक्र्रिया कार्यक्रम गर्दै आएका छौं ।
-देशभरका कलेजमा यसरी वृत्तचित्र प्रदर्शन गर्ने योजनाअनुसार यस कार्यक्रम सञ्चालन गरिएको हो ।