- २०८२ जेठ २० मंगलबार । काठमाडौं
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् ।
आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।
स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ ।
छानबिन गर्न समिति गठन
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले राजु पाण्डेमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरेका छन् ।
पाण्डेलाई बढीमा ६ महिनाका लागि निलम्बनमा राखेर छानविन गर्न लागिएको स्रोतले बताइएको छ ।
गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईं महानगर कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरीले उनलाई अवरोध गरेको थियो ।
यसक्रममा भएको हुलहुज्जतको नेतृत्व नगरप्रहरी प्रमुख पाण्डेले नै गरेको ठहर गुरागाईंले गरेका छन् ।
यस विषयमा थप छानविनका लागि जाँचबुझ समिति बनाइएको हो ।
समितिले प्रतिवेदन नदिएसम्म बढीमा ६ महिना निलम्बनमा राखिएको प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई दिएको पत्रमा उल्लेख छ ।
छानबिन समितिका सदस्यहरूको नाम गोप्य राखिएको छ ।