- २०८२ जेठ १४ बुधबार । काठमाडौं
यो वर्ष मनसुन चाँडो भित्रिने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुन चाँडै भित्रिने बताएको हो ।
मौसमविद् डेभिड ढकालले भने-
-विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गतेतिर हुने गरेको थियो ।
-तर यो वर्ष चाँडै मनसुन भित्रिनेछ ।
-यही जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको छ ।
-भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा मनसुन नेपाल भित्रिसक्ने देखिएको छ ।
-यो वर्ष वार्षिक सरदरभन्दा बढी वर्षा समेत हुनेछ ।