- २०८२ जेठ १२ सोमबार । काठमाडौं
भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा आइतबार फेला परिन् ।
बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा उनी डेरा गरेर बस्दै आएकी थिइन् ।
भक्तपुरका एसपी माधव बुढाथोकीका अनुसार, आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् ।
ढोका नखुलेपछि प्रहरीलाई खबर भएको थियो ।
त्यसपछि प्रहरी र जनप्रतिनिधिसहितको टोलीले ढोका फुटाएर हेर्दा उनी काठाभित्र मृत अवस्थामा भेटिन् ।
घटनास्थल मुचुल्का गरेर शव पोस्टमार्टमका लागि आइतबार नै प्रहरीले अस्पताल पठायो ।
तर घटनास्थलमा भने प्रहरीले दुई पेज लामो ‘सुसाइड नोट’ फेला पार्यो ।
शाहीको कोठामा भेटिएको उक्त ‘सुसाइड नोट’ शाहीले नै लेखेको हो-होइन भन्ने यकिन भने हुन बाँकी नै छ ।
शाहीको कोठामा भेटिएको उक्त कागजमा भने आफ्ना छोराको बारेमा मात्रै विषयहरु उल्लेख भएको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।
छोराका विषयमा मात्रै उल्लेख भएको काजग भेटिएको प्रहरीले बताएको छ ।
उक्त कागज जाँच भइनसकेकाले मृतक शाहीले नै लेखेको सुसाइड नोट हो-होइन भन्ने यकिन हुन बाँकी नै छ ।
सुसाइड नोटमा-
-छोरा मैले बाँचेर पनि तिम्रा लागि केही गर्न सकिनँ ।
-अब बाँच्नुको अर्थ पनि भएन ।
-‘सरी’ भन्ने आशय उल्लेख छ ।
शाहीका छोरा अमेरिकामा छन् ।
जाजकरकोट घर भएकी शाही शाही पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित हुन् ।
पछि महराले यसमा सफाइ पाएका थिए ।