spot_img

सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र

  • २०८२ जेठ १२ सोमबार । काठमाडौं

काठमाडौं महानगरपालिकाका कार्यपालिकाका सदस्यहरूले जतिसक्दो छिटो बैठक राख्न माग गरेका छन् ।

उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन् ।

उनीहरुले ७ दिनभित्र बैठक राख्न माग गरेका छन्।

सोमबार उपमेयर सुनितासहित कार्यपालिकाका ४१ जना सदस्यहरूले चाँडो बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र लेखेका छन् ।

महानगरपालिकाको कार्यपालिका बैठक गत पुस महिनायता बस्न सकेको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था छ ।

कार्यपालिका सदस्य नवीन मानन्धरले भने-

-कम्तिमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करिब ६ महिनादेखि बस्न नसकेपछि महानगरपालिका भित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णय लगायत पनि अन्योलमा पर्दै आएका छन् ।

-स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ ।

-तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२–८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन ।

-महानगरका प्रमुखले बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट आउने–नआउने समेत अन्योल देखिएको छ ।

-हामीले मेयरलाई घचघच्याउने काम गरेका हौं ।

जनता र जनप्रतिनिधिले खोज्दा पनि मेयर नभेटिएको गुनासो गर्दे उनीहरूले सामाजिक सञ्जालको स्टाटस हेरेपछि मात्रै मेयरबारे जानकारी हुने गरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular