- २०८२ जेठ ११ आइतबार । काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नविन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् ।
बालेनले आफूविरुद्ध मिडियामा अभिव्यक्ति दिएको भन्दै नविनलाई ७ दिने स्पष्टीकरण सोधेका हुन् ।
नविनले आफूलाई मिडियामा मेयरविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको बताए ।
नविनले भने-
-म विभिन्न मिडियामा बोल्दै गर्दा मेयर साबको व्यक्तिगत चरित्र हत्या र सामाजिक प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाउनु भएको रहेछ ।
-उहाँको व्यक्तिगत हानी भयो भनेर स्पष्टीकरण सोधेको रहेछ ।
-७ दिनभित्रमा चित्तबुझदो प्रष्टीकरण दिन भनिएको छ ।
-प्रवक्ता पदबाट राजीनामा दिने मेरो कुनै तयारी छैन ।
-अझै म्याद बाँकी नै छ ।
-तर, मेयर साबले मेरो प्रवक्ताको जिम्मेवारीबाट राजीनामा खोजेको हो कि त्यो पछि थाहा हुन्छ ।
-अझै समय बाँकी छ ।
-साथीभाइसँग सल्लाह गरेर प्रष्टीकरण बुझाउनुपर्ला ।
-मलाई स्पष्टीकरण सोधिएको जानकारी नगरप्रहरीले दिएका थिए ।
-यस विषयमा मेयर साहको सचिवालयमा बुझ्न खोज्दा फोन उठेन ।
बालेनले जिम्मेवारीबाट हटाएका थिए
केहीदिन मेयर बालेनले प्रवक्ता नविनसहित ४ जना वडाध्यक्षलाई विभिन्न समितिको जिम्मेवारीबाट हटाएको थिए ।
नविनलाई सूचना प्रविधि विभागबाट हटाएको २ सातापछि बालेनले स्पष्टीकरण सोधका हुन् ।
पछिल्लो समय बालेनले केही गलत काम गरेको भन्दै नविनहितका वडाध्यक्षले प्रश्न उठाएपछि उनीहरु निशानामा परेका हुन् ।
यसअघि भ्रष्टाचार गरेको आरोप लगाउँदै कार्यालय प्रवेशमा रोक लगाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउँदा पनि नविनले समन्वयकारी भूमिका खेलेका थिए ।