spot_img

ज्ञानेन्द्र शाहसँग चार शीर्ष नेताहरुको लन्च मिटिङ

  • २०८२ जेठ ८ बिहीबार । काठमाडौं

पूर्वराजा ज्ञानेन्द्र शाहले शीर्ष ४ जना राजावादी नेताहरुसँग सामूहिक भेटवार्ता गरेका छन् ।

भेटवार्ता सोल्टी होटलमा भएको हो ।

ज्ञानेन्द्र र चार नेताहरुबीच करिब डेढ घन्टा कुराकानी भएको बताइएको छ ।

लन्चसहित कुराकानी भएको हो ।

यही जेठ १५ गतेदेखि सुरु हुने ‘संयुक्त जनआन्दोलन’ लाई प्रभावकारी र निर्णायक बनाउने दौडधुपमा रहेका राजावादी नेताहरुले यसैको सरसल्लाहका लागि ज्ञानेन्द्रसँग भेटेका हुन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट ज्ञानेन्द्रलाई भेट्न सोल्टी होटल गएका हुन् ।

संयुक्त जनआन्दोलनलाई कसरी प्रभावकारी बनाउने तथा राजावादीहरुबीच आपसी समझदारी र विश्वास बढाउने विषयमा कुराकानी भएको बताइएको छ ।

भेटवार्ताको विषयवस्तुबारे स्रोतले विस्तृतमा बताउन चाहेन ।

यसअघि पनि राजावादी नेताहरुले कहिले समूहमा त कहिले एक्लाएक्लै ज्ञानेन्द्रसँग भेटवार्ता गरिरहेका छन् ।

केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र नगरकोटमा बसेर भेटघाट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular