- २०८२ जेठ ७ बुधबार । काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादी समूहसँग आफ्नो पार्टीको कुनै सहकार्य नहुने बताएको छ ।
पार्टीका कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले राजावादी समूहका कुनै पनि गतिविधिमा आफूहरूको संलग्नता नरहने प्रष्ट पारे ।
संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले रास्वपालाई सहकार्यको प्रस्ताव गरेको थियो ।
त्यो प्रसतावपछि डीपी अर्यालले भने-
-हाम्रो समर्थन, हाम्रो सहकार्य अनि ऐक्यबद्धता केही हुँदैन ।
-हामी सार्वजनिक संस्था हौं ।
-पार्टी हौं, यस्ता पत्र (प्रस्ताव) आउन सक्छन् ।
-हाम्रो केही समर्थन, ऐक्यबद्धता संलग्नता केही हुँदैन ।
रविले न्याय पाउनेमा शंका
रास्वपाको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्था प्रतिको आलोचनालाई दृष्टिगत गरेर आन्दोलनमा सहकार्य गर्न जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पत्रमार्फत रास्वपालाई प्रस्ताव गरेका थिए ।
सुवेदीले वर्तमान व्यवस्थामा रास्वपा सभापति रवि लामिछानेले निष्पक्ष न्याय पाउनेमा शंका व्यक्त भएको कुरा पत्रमा लेखेका छन् ।
सुवेदी नेतृत्वको समितिले जेठ १५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।