- २०८२ जेठ ५ सोमबार । काठमाडौं
राप्रपा नेतृ खुश्बु ओलीले चेक अनादरको मुद्दामामा सफाइ पाएकी छन् ।
सर्वोच्च अदालतले खुश्बुलाई चेक अनादरको मुद्दामा दोषी ठहर गर्ने उच्च अदालत पाटनको फैसला खारेज गरिदियो ।
यो फैसलासँग खुश्बुले सफाइ पाएकी हुन् ।
न्यायाधीशहरू डा. कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले उच्च अदालत पाटनको फैसला खारेज गरेको हो ।
खुश्बुलाई चेक अनादरको आरोपमा ३ महिना कैद सजाय भएको थियो ।
उनीविरुद्ध ३ हजार जरिवानाको फैसला भएको थियो ।
मुद्दा दायर गर्ने व्यक्तिले नै आफूले रकम पाएको भनी स्वीकार गरेपछि खुश्बुलाई दोषी ठहर गर्ने निर्णय खारेज भएको हो ।