- २०८२ जेठ ५ सोमबार । काठमाडौं
महिला टी-२० विश्वकपको एसिया छनोटमा नेपालले युएईलाई पराजित गरेको छ ।
यो जितसँगै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।
आज भएको सुपर-३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।
युएईले दिएको ११५ रनको लक्ष्य दिएको थियो ।
नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
नेपालका लागि कप्तान इन्दु बर्माले कप्तानी इनिन्स खेलिन् ।
उनले २८ बलमा अविजित ३० रन बनाइन् ।
रुविना क्षेत्रीले २३ रन बनाइन् ।
सम्झना खड्काले २१ रनको योगदान दिइन् ।
६४ रनमा ४ विकेट गएको नेपालका लागि रुविना र इन्दुले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जिततर्फ डोहोर्याएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनायो ।
नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् ।
कविता कुँवरले २ विकेट लिइन् ।
राजमती ऐरीले १ विकेट लिइन् ।
यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् ।
तीर्था सतिशले २१ रन बनाइन् ।
हीना होचन्दानीले २० रन बनाइन् ।
नेपालले अब सुपर-३ को दोस्रो खेलमा मंगलबार थाइल्याण्डसँग खेल्नेछ ।
थाइल्याण्डले पनि युएईलाई हराउँदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ ।