spot_img

लेदोसहितको पहिरोले हुम्लाको तिल गाउँ जोखिममा, सरकारको बेवास्ता

  • २०८२ जेठ ४ आइतबार । काठमाडौं

हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँ आसपास लेदोसहितको ठूलो पहिरो आएको छ ।

जेठ १ गते रातिदेखि आएको पहिरोले केही बस्ती समेत उच्च जोखिममा परेको छ ।

उच्च जोखिममा परेपछि ३२ जनालाई खुला चौरमा सारेर त्रिपाल टाँगेर राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

जसमा २१ महिला, ९ पुरुष र २ बालक छन् ।

यो गाउँमा ५० घरधुरी मध्ये १८ घरधुरी अहिले बसोबास गर्दै आएका थिए ।

नाम्खा–६ का वडाध्यक्ष भन्छन्

नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाले पनि के कति कारणले लेदोसहितको पहिरो आयो भन्ने यकिन नभएको बताए ।

लेदोसहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ ।

सोनाम साङमु लामाको घरको छत पहिरोका कारण प्वाल परेको छ ।

छे बुटी लामाको घर चर्किएको छ ।

धर्मशालाको छत समेत भत्किएको छ ।

१५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ ।

करिब ४ सय रोपनीमा सिचाँई गर्ने कुलो र खानेपानी समेत बगाएको छ ।

बाढीको कारण के हो ?

गत बिहीबार रातिको बाढीको कारण खोज्दै माथिल्लो तटीय क्षेत्रमा पुगेका सुरक्षाकर्मी सहितको स्थानीयको टोलीले सिरानमा रहेका दुई हिम पोखरी फुटेको आशंका गरेका हुन् ।

४ दिनसम्म केन्द्र र स्थानीय सरकारले बाढीको कारण पत्ता लगाउन चासो नदिएपछि नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्चोर तामाङ केही स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा थाक्रा पुगेका हुन् ।

अध्यक्षसहितको टोली पहिरोको कारण खोज्दै ८ घण्टा पैदल दूरी पार गर्दे ५ हजार ३ सय मिटरको उचाईमा रहेको थाक्रा पुगेको हो ।

लिमीमा कुनै पनि सुरक्षा निकायको उपस्थिति छैन ।

उनीहरू दक्ष प्राविधिक टोली र उपकरण बिना नै उच्च स्थानमा पुगेका हुन् ।

सरकारले कम्तिमा हेलिकप्टर लगेर हेरिदिए ढुक्क हुने स्थानीयहरूको अपेक्षा छ ।

उद्धार गर्न गएका सुरक्षाकर्मी विवरण टिपेर फर्किए

पहिरो गएपछि उद्धारका लागि भनेर पुगेको टोली क्षतिको विवरण संकलन गरेर फर्केको छ ।

जेठ २ गते साँझ ७ बजेतिर तिलगाउँ पुगेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली क्षतिको विवरण संकलन गरेर आइतबार बिहान फर्केको हो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले सुरक्षाकर्मीको टोली गएको तर अग्लो ठाउँमा पुगेपछि स्वास्थ्य समस्या भएर फर्केको बताए ।

जेठ २ गते बिहान १० बजेतिर सशस्त्रको बीओपी हिल्साबाट वरिष्ठ हवल्दार लोकबहादुर बुढाको कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालयबाट प्रहरी हवल्दारको कमाण्डमा ६ जना गरी १३ जनाको टोली खटिएको थियो ।

उक्त टोली राति मात्रै घटनास्थल पुगेको थियो ।

त्यो रात केही गर्न सम्भव थिएन ।

भोलिपल्ट शनिबार भने सुरक्षाकर्मीको टोलीले क्षतिको विवरण संकलन गरेर फर्केको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular