spot_img

बालेनले दिएको जिम्मेवारी ३ वडाध्यक्षले मानेनन्, रास्वपाकी रोजिना मौन

  • २०८२ जेठ ४ आइतबार । काठमाडौं

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दिएको जिम्मेवारीलाई ३ जना वडाध्यक्षले अस्वीकार गरेका छन् ।

कार्यपालिकाले निर्णय नगरेको भन्दै उनीहरूले जिम्मेवारी लिन अस्वीकार गरेका हुन् ।

मेयरलाई संयुक्त निवेदन दिँदै उनीहरूले विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्थामा उपयुक्त नदेखिने बताएका छन् ।

बालेनले कुन समितिमा कसलाई संयोजक तोकेका थिए ?

-सुशासन समितिको संयोजक वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की ।

-सूचना प्रविधि समितिका संयोजक वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति ।

-सम्पदा तथा पर्यटन समिति संयोजक वडाध्यक्ष २४ का अध्यक्ष विनोद राजभण्डारी ।

-विधायन समितिकी संयोजक वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठ ।

तीन जना (दलबहादुर, वीरेन्द्र र विनोद) ले सामूहिक निवेदनको बोधार्थ उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृतलाई दिएका छ्न् ।

रोजिना मौन

वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठले भने उक्त निवेदनमा हस्ताक्षर गरेकी छैनन् ।

रोजिना रास्वपाबाट उपचुनावमा वडाध्यक्ष निर्वाचित भएकी हुन् ।

वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी भन्छन्-

-पहिलेकालाई नगर कार्यपालिका बैठकबाट निर्णय गरेर जिम्मेवारी दिइएको रहेछ ।

-अहिले बैठकले निर्णय नगरेको हुँदा पछि अप्ठ्यारो पर्ने देख्यौं ।

-त्यही भएर हामीले सामूहिक रूपमा लिखित निवेदन दिएका हौं ।

बालेनको कारवाही

बालेनले आफ्नो आलोचना गर्ने वडाध्यक्षहरुलाई अघोषित रुपमा कारवाही गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत प्रकरणमा आफूविरुद्ध लागेकालाई उनले निशाना बनाएको वडाध्यक्षहरूको बुझाइ छ ।

कसलाई हटाइएको थियो ?

-वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरलाई सूचना प्रविधि समितबाट ।

-वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीलाई सुशासन समितिबाट ।

-वडा नम्बर ८ का अध्यक्ष आशामान संगतलाई सम्पदा तथा पर्यटन समितिबाट ।

-वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनलाई विधायन समितिबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular