- २०८२ जेठ ३ शनिबार । धुलिखेल
काभ्रेको धुलिखेलमा विद्युतका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
सर्लाही ईश्वरपुरन नगरपालिकाका-१२ घारिबथानका २८ वर्षीय उपेश नेपालीको मृत्यु भएको हो ।
उपेश धुलिखेल नगरपालिका ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा काम गरिरहेका थिए ।
११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
तार जोड्न पोलमा चढेका उपेशको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ ।
उनलाई विद्युत प्राधिकरणले नै काममा लगाएको थियो ।
शुक्रबार मात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो ।
त्यसैले सावधानी अपनाउन भनेको थियो ।
तर, कार्यालयकै असावधानीले एक जना मजदुरको मृत्यु भएको छ ।
उपेशको शवलाई पोलबाट निकालेर पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको छ ।