- २०८२ वैशाख ३१ बुधबार । काठमाडौं
धादिङबाट पोखरा जाँदै गरेको ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ घर भइ पोखरा बस्दै आएकी झाङमाया गुरुङसहित ३ जना छन् ।
अन्यको नाम खुलि सकेको छैन ।
लामेआहालमा सडकबाट इलेक्ट्रिक माइक्रो तल खसेको थियो ।
८ जना घाइते भएका छन् ।
उनीहरुमध्ये ३ जना डिस्चार्ज भइसकेका छन् ।
घाइतेको गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक जाँचमा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने शंका गरिएको छ ।
हावाहुरीसहित पानी परिरहेका बेला तीव्र गतिका कारण अनियन्त्रित भएर पल्टिएको प्रहरीको अनुमान छ ।
ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रो दुर्घटना भएको हो ।