spot_img

सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको निर्णय

  • २०८२ वैशाख ३१ बुधबार । काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत् सन्दीपले आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको बताएका छन् ।

क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो ।

सम्झौताअनुसार सन्दीप ‘ए’ ग्रेडमा थिए ।

उनले मासिक एक लाख पाउँथे ।

सन्दीपले भनेका छन्-

-यो छुट्टिनु होइन, बरु विकास र उद्देश्यतर्फको यात्रा हो ।

-क्यानले मेरो क्रिकेट यात्रा र नेपालको क्रिकेटलाई अघि बढाउन खेलेको भूमिकाको म उच्च कदर गर्छु ।

-जीवन निरन्तर बदलिंदै जाने यात्रा हो ।

-म क्रिकेटसँगै जीवनका नयाँ आयामहरूमा समेत अघि बढ्न उत्साहित छु ।

-कहिलेकाहीं निर्णयहरू अलगिन होइन, बरु अझ मजबुत भएर अघि बढ्न लिइन्छन् ।

-मेरो समर्पण र सपना सधैं देश र क्रिकेटसँग जोडिएको छ ।

समर्थक र शुभेच्छुकलाई धन्यवाद दिँदै भनेका छन्- तपाईंहरूको विश्वास र समर्थनले नै मलाई सधैं प्रेरित गरिरहेको छ, यो यात्रा अझै बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular