- २०८२ वैशाख ३१ बुधबार । काठमाडौं
कुलेखानी–कलंकी–हुमाने सडकखण्ड जेठ २ गते शुक्रबारदेखि २० गतेसम्म बन्द हुने भएको छ ।
सडक कालोपत्रे गर्नका लागि त्यो रुटमा १९ दिनसम्म सवारी साधन पूर्णरुपमा बन्द गर्न लागिएको हो ।
हेटौंडा–काठमाडौं (काठमाडौं–हेटौंडा) यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।
विकल्पमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले भनेको छ-
इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्रे गर्ने प्रयोजनार्थ मिति २०८२–०२–०२ गतेदेखि मिति २०८२–०२–२० गतेसम्म (१९ दिन) उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने सवारी साधनहरुले अन्य वैकल्पिक मार्ग (कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक) को प्रयोग गर्नुहुन अनुरोध छ।