- २०८२ वैशाख ३१ बुधबार । काठमाडौं
काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी भएको छ ।
आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार-
-मृत्यु हुने महिलाको नाम ठेगाना खुल्न बाँकी छ ।
-सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगो सल्किएको थियो ।
-माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको हो ।
-दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको छ ।
-आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ ।
-नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।