- २०८२ वैशाख ३० मंगलबार । काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा सुरु भएको गौतम बुद्ध क्रिकेट रंगशाला अब बन्ने बताएका छन् ।
कुनै पनि काम थालेपछि जसरी पनि सफल हुने उनले बताए ।
बनेपामा निर्माण हुने अत्याधुनिक चलचित्र स्टुडियोको घोषणा समारोहमा ओलीले भने-
-मैले धुर्मुस-सुन्तलीलाई ‘यो काम नगर’ भनेको थिएँ ।
-मैले यसो नगर बाबु-नानु, यो सम्भव छैन, भन्दा-भन्दै गरे ।
-नगर भन्दा-भन्दै गरे, धुर्मुस-सुन्तलीले बहुत दु:ख पाए, माया लाग्छ ।
-अब क्रिकेट मैदान पनि बन्छ, उनीहरुको दु:ख कस्ट पनि हट्छ ।
-मैले त दु:ख पाइन्छ नगर, नगर्नु भनेकै हो ।
-तर, ठूलै काम आँटे ।
-बहुत दु:ख पाए ।