- २०८२ वैशाख २९ सोमबार । काभ्रे
काभ्रेको रोशी खोलामा आएको बाढीले सडक बगाएको छ ।
बाढीले सडक बगाएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ ।
सोमबार अपरान्ह परेको वर्षाका कारण डाइभर्सनहरू बगाएको हो ।
रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको छ ।
डाइभर्सन बगाएपछि अहिले बीपी राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोकिएको छ ।
प्रहरीका अनुसार-
-पूर्वबाट आइरहेका सवारीलाई खुर्कोट र नेपालथोकमा रोकिएको छ ।
-काठमाडौंबाट गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको छ ।
-रोशी गाउँपालिका–११ कालढुंगास्थित भ्याकुरे खोलामा एउटा ईभी भ्यान फसेको छ ।
-पानीको बहाब बढेको छ, गाडी निकाल्न समस्या भएको छ ।
-नमोबुद्ध नगरपालिका–६ र रोशी ७ जोड़ने हिमपाइप राखेर बनाइएको सडक बगाएको छ ।
(गत असोजमा सोही ठाउँमा पक्की पुल बगाएको थियो)
-राजमार्गमा पर्ने डाइभर्सनहरूमा कति क्षति पुगेको छ भन्ने यकिन विवरण संकलन गर्दैछौं ।