spot_img

हामीले भारत-पाकिस्तानलाई नलड्न सुझाव दियौं : ओली

  • २०८२ वैशाख २९ सोमबार । काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच हात हालाहाल हुन लागेको तर आफूहरुले त्यसो नगर्न सुझाव दिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सम्भावित लडाइँबाट पछि हटेकोमा भारत र पाकिस्तानलाई धन्यवाद समेत दिएका छन् ।

आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले बुद्धका उपदेशहरू आज पनि विश्वका लागि महत्त्वपूर्ण रहेको बताए ।

ओलीले भने-

-केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो ।

-तर त्यो हात हालाहाल बढ्न पाएनन् ।

-संयमका लागि उहाँहरूलाई धन्यवाद छ ।

-हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर ।

-लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्‍यौँ ।

-उहाँहरुसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

-फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular