- २०८२ वैशाख २९ सोमबार । काठमाडौं
मिटरब्याज पीडित किसान-मजदुरहरुले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
उनीरुहले रविसँग कारागारमामै भेटेका हुन् ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलिले भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा भेट गरेको हो ।
भेटमा टोलीले किसानका समस्यामा सरकार अनुदार बनेको गुनासो सुनाएको थियो ।
गृहमन्त्रीका रुपमा रवि लामिछानेले गरेको सम्झौता नयाँ सरकार बनेपछि कार्यान्वयन नगरिएको उनीहरुले गुनासो गरे ।
निर्घ नविनले भने-
-पहिला जुन तदारुकताका साथ काम भएको थियो, अहिले त्यो छैन ।
-त्यति लामो छलफल र गृहकार्यपछि भएको सम्झौता अहिले कार्यान्वयन हुनै सक्दैन भन्ने कुरा भइराखेको छ ।
-एक हिसाबले भन्ने हो भने सरकारले हामीलाइ चिन्न छोडिसक्यो ।
संघर्ष समितिका संयोजक अवधेश कुशवाहले भने-
-जिल्लाहरुमा प्रहरी र सिडिओ फेरिएसँगै मिटर व्याज पीडितमाथि नै मुद्दा चलाइएको र पक्राउ गरिएको छ ।
-सरकार साहुकारहरु जोगाउन लागिराखेको छ । अन्याय भयो भनेर कहाँ जाने ?
-अहिले पीडितका लागि गृह मन्त्रालयको ढोका बन्द जस्तै छ ।
जवाफमा रवि लामिछानेले नआत्तिन र एक भएर अघि बढ्न आग्रह गरे ।
पीडितहरुबीच राजनीति हुन नहुने भन्दै उनले न्यायको लडाइँ एकदिन अवश्य जितिने बताए ।
रविले भने-
-धनी र गरिबबीचको लडाइँ लामो चल्छ ।
-जित न्यायको हुन्छ, तर धैर्य गर्नु, जनताको कुरा सरकारले नसुनेर कहाँ हुन्छ ? सुन्नुपर्छ, सुन्छ ।
-यो नभए अर्कोले सुन्छ ।
-त्यतिन्जेल तपाइँहरुबीच फाटो आउन भएन ।
-एक भएर लड्नुपर्छ ।
-मलाई हेर्नुस् त मेरो स्वार्थ के छ ? जनताकै लागि लड्दा यो दुःख पाएको छु ।
-न्याय पाउनुअघि दुःख हुने रहेछ ।
-यसपछि न्याय हुन्छ ।
-तपाइँहरुले पाएको दुःख न्याय पाउनुअघिको हो ।
-नआत्तिनु ।