spot_img

बागमती प्रदेशमा युवा सम्मेलन, ३०० युवा सहभागी

  • २०८२ वैशाख २८ आइतबार । हेटौंडा

तेस्रो संस्करणको बागमती प्रदेश युवा सम्मेलन सुरु भएको छ ।

प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा सम्मेलन सुरु भएको हो ।

आइतबार सम्मेलनको उद्घाटन मुख्यमन्त्री बहादुर सिंह लामाले गरे ।

सम्मेलन उद्घाटनमा मुख्यमन्त्री लामाले भने-

-यहाँहरुको उत्साहले म पनि युवा भएको छु ।

-राज्यको अमुल्य शक्ति र अनन्त स्रोत युवा हो ।

-तपाईहरुको अर्थपूर्ण सहभागिता बिना देशको विकास हुन सक्दैन ।

-बागमती प्रदेशमा कुल जनसंख्याको ४५ दशमलव ४ प्रतिशत युवा छन् ।

-प्रदेशको समृद्धि र विकासमा यसलाई ठूलो पुँजीका रुपमा लिएका छौं ।

-त्यहीअनुसार युवा ऐन तयार गरेर युवा लक्षित कार्यक्रम ल्याइरहेका छौं ।

३०० युवा सहभागी

‘सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तिकरण’ मुल नारा दिइएको सम्मेलनमा बागमती प्रदेशका सबै १ सय १९ पालिकाका प्रतिनिधि युवासहित देशभरका कुल ३०० युवा सहभागी छन् ।

तीन दिने सम्मेलनमा युवाहरुले जल्दोबल्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा बहस-विमर्श गर्नेछन् ।

आफ्नो पालिका तथा प्रदेशमा भएका असल अभ्यास र समाजमा देखिएका चुनौतीबारे उनीहरुले छलफल गर्नेछन् ।

कार्यक्रममा कृषिमा युवाको सहभागिता, डिजिटल साक्षरता, शैक्षिक गुणस्तर सुधार, जलवायु परिवर्तन र दिगो विकासमा युवाको पैरवी, नीति-निर्माण र नेतृत्वमा युवाको उपस्थितीलगायत विभिन्न शीर्षकमा अन्तक्रिया हुनेछ ।

अन्तिम दिन (मंगलबार) युवासँग मुख्यमन्त्री अन्तक्रिया कार्यक्रम हुनेछ ।

वैशाख ३० गतेसम्म चल्ने सम्मेलनमा सांस्कृतिक कार्यक्रम, कथावाचन, युवाहरुको क्षमता पहिचान, हेटौंडा हेरिटेज वाकलगायत विभिन्न कार्यक्रम हुनेछ ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल, वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री सुकुमाया तामाङलगायत उपस्थित थिए ।

अन्तरप्रदेश युवा संवाद

कार्यक्रममा देशैभरका युवाहरुको सहभागिता छ ।

यसक्रममा विभिन्न प्रदेशमा भएका असल अभ्यास आदन-प्रदान हुनेछ ।

प्रदेश युवा परिषद् बागमती प्रदेशका उपाध्यक्ष सन्तोष चौलागाईंले भने-

-युवाहरु देशका मेरुदण्ड हुन् ।

-हामीले युवाहरुलाई सरकारसँग जोड्ने, नीति-निर्माणमा युवाको उपस्थिती र पैरवी बलियो बनाउने लक्ष्य साथ यो कार्यक्रम गरेका हौं ।

-युवाहरु विभिन्न बहानामा आफ्नो जिम्मेवारीबाट पछि हट्ने प्रवृत्ति पनि बढ्दो छ ।

-हामीले संभावनाका क्षेत्र पहिचान गरेर यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्छ ।

-आफ्नो पालिका वा प्रदेशमा भएका असल अभ्यासहरुको अनुभव आदन—प्रदान गर्न सहभागीहरुलाई मञ्च उपलब्ध गराउने लक्ष्यले तीन वर्षदेखि लगातार यो कार्यक्रम गरिरहेका छौं ।

-बागमती प्रदेशमा आर्थिक वर्षमा प्रदेशभरका १० हजारभन्दा बढी युवालाई विभिन्न सीपमुलक तालिम दिएर उद्यमशिलता र रोजगारीमा जोड्ने प्रयास हुँदैछ ।

-केही हुँदैछ भन्ने सकारात्मक सोच राखेर हामी अघि बढ्नुपर्छ ।

यसअघि आइतबार कार्यक्रम उद्घाटनपूर्व हेटौंडा बजारमा प्रभातफेरी निकालिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular