- २०८२ वैशाख २७ शनिबार । काठमाडौं
फिफाले महिला विश्वकपको विधान परिवर्तन गर्ने भएको छ ।
सन् २०३१ को महिला विश्वकपदेखि सहभागी टोली (देश) को संख्या ४८ हुनेछ ।
हाल महिला विश्वकपमा ३२ देशले सहभागिता जनाउँदै आएका छन् ।
यो परिवर्तनले थप देशलाई विश्वकपमा सहभागी हुन र महिला फुटबल संरचना विकास गर्न सहयोग पुर्याउने फिफाको विश्वास छ ।
नयाँ फर्म्याटअनुसार प्रतियोगिता १२ समूहमा विभाजित हुनेछ ।
खेल संख्या ६४ बाट बढेर १०४ पुग्नेछ ।
यसले प्रतियोगिता एक हप्ता लामो बनाउनेछ ।
सन् २०२३ को महिला विश्वकपको फाइनलमा इङ्ग्ल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा भएको थियो ।
इङ्ग्ल्याण्डलाई हराउँदै स्पेनले उपाधि उचालेको थियो ।