spot_img

भारत-पाकिस्तानबीच युद्धविराम

  • २०८२ वैशाख २७ शनिबार । काठमाडौं

भारत–पाकिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ ।

दुवै देशका उच्च अधिकारीले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको भनेका छन् ।

पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी दिए।

भारतका विदेश सचिव मिस्रीले भने-

-पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) र भारतीय समकक्षीबीच आज दिउँसो फोनवार्ता भयो ।

-सो वर्तापछि पूर्ण युद्धविरामको सहमति भएको छ ।

-दुवै पक्षबीच आज साँझ ५ बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।

-दुवै अधिकारीबीच मे १२ मा फेरि कुराकानी हुनेछ ।

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली छाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular