- २०८२ वैशाख २७ शनिबार । काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले वन जंगल जोगाउँदै वन पैदवारबाट फाइदा लिनुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा प्रधानमन्त्री ओलीले भने-
-अब अग्राखका काठ निर्यात गर्ने तथा स्वदेशभित्र खपत गर्ने योजना ल्याइने छ ।
-नेपाललाई ४६ प्रतिशत जंगल भए पुग्छ ।
-इकोसिस्टम जोगाएर काठबाट फाइदा लिनुपर्छ ।
-राष्ट्रिय निकुञ्ज र आरक्षहरुमा रहेका सबै प्रकारका रुख विरुवालाई नचलाउने तर अन्य जंगलबाट भने फाइदा लिनुपर्छ ।
-अब वन क्षेत्र थप्न भने सकिँदैन ।
-विकास र वातावरणमा सन्तुलन राखेर वन क्षेत्रमै सालघारी फाँड्ने काम रोक्नुपर्छ ।
-पञ्चायतकालमा सालघारी फाँडेर सुर्यबहादुर थापाले व्यवस्था जोगाएका थिए ।
-वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारी फाँड्न मिल्दैन ।
-तर उमेर पुगेका र ढलेका सालबाट फाइदा लिनुपर्छ ।
राजाले देश कंगाल बनाए
प्रधानमन्त्री ओलीले राजाहरुले देशलाई कंगाल बनाएको आरोप समेत लगाए ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै भने-
-अचम्म त के भने यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरु फेरि हामी नभइ भएन, हामी आउँछौँ, साथ देउ, भन्न लाजै मान्दैन ।
-यो देश कंगाल बनाउने त यिनीहरु हुन् त ।
-यो ३० वर्षमा यत्रो विकास भएको छ, तथ्यांक-आँकडाले बताउँछ ।
-मान्छे नहुँदा जंगलमा मुलुक थियो होला ।
-त्यसपछि के भयो ? हामी देश बनाउनै पर्छ, देशलाई विकसित बनाउनैपर्छ ।
-देशलाई बस्न लायकको बनाउनुपर्छ, वातावरणीय हिसावले हेर्नुस्, हिमाल, पहाड छन्,यस्तो स्वच्छ, पवित्र छ ।
-यो त देवभूमि हो ।
-यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ ।