- २०८२ वैशाख २५ बिहीबार । काठमाडौं
राजावादी शक्तिहरूले राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा गरेका छन् ।
आउँदो जेठ १५ गतेबाट जनआन्दोलन सुरू गर्ने तथा राजसंस्था र हिन्दू राष्ट्र स्थापन नभएसम्म नटुंगिने उनीहरूको निर्णय छ ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज एक कार्यक्रम गरी संयुक्त आन्दोलनको घोषणा गरेको हो ।
संयुक्त जनआन्दोलन समितिका अनुसार-
-यो आन्दोलनमा राप्रपा र राप्रपा नेपालसहित अन्य राजावादी शक्तिहरू पनि सामेल रहनेछन् ।
-यो आन्दोलनमा बाह्य शक्तिहरुको संलग्नता रहनेछैन ।
-जेठ १५ गतेदेखि देशका विभिन्न भागहरुमा स्वतस्फुर्त जुलुस धर्ना लगायत जनप्रदर्शन हुनेछन् ।
-आन्दोलनलाई सफल तुल्याउन प्रत्येक जिल्ला, पालिका तथा वडाहरुमा संयुक्त जनआन्दोलन समिति गठन गरिनेछ ।
-यो आन्दोलन नेपाली जनताका लागि नेपाली जनताद्वारा गरिने नेपाली जनताको राष्ट्रवादी आन्दोलन हुने छ ।
-संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना, सनातन हिन्दू राष्ट्रको स्थापना र संघीयता खारेजी हाम्रा तीन प्रतिवद्धता छन् ।
ज्ञानेन्द्र शाह बाघ हो भन्दै ज्ञानेन्द्र शाही गर्जिएको यो भिडियो हेर्नुभयो ?