- २०८२ वैशाख २४ बुधबार । काठमाडौं
प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले सरकारले ठूला देशलाई जिस्क्याउने काम गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा उनले भने-
-पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डल नेपाल भ्रमणको अहिले उपयुक्त बेला होइन ।
-भारत र पाकिस्तानबीच युद्ध सुरु भएको छ ।
-नेपालसँग खुला सीमा छ ।
-सरकारले ध्यान त्यता केन्द्रित हुनुपर्छ कुनै आतङ्कवादी गतिविधि नहोस् ।
-सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन ।
-किनकि साइकोलोजी पढेको व्यक्ति परराष्ट्र मन्त्री भएको छ ।
-त्यसैले उहाँलाई डिम्लोमेसी र परराष्ट्र नीति भनेको के हो नै थाहा छैन ।
-पाकिस्तानका तीनवटै आर्मीका ११ जना अहिले नेपालमा छन् ।
(हाल परराष्ट्रमन्त्री आरजु राणा देउवा छिन्)