spot_img

जगमानको ठोकुवा: जेठ १५ गते श्री ५ ज्ञानेन्द्रको गद्दी आरोहण हुन्छ

  • २०८२ वैशाख २३ मंगलबार । काठमाडौं

संस्कृतिविद तथा राजसंस्था पक्षधर अभियन्ता डा. जगमान गुरुङले आउँदो जेठ १५ गते नै नेपालमा गणतन्त्रको अवसान हुने दाबी गरेको छन् ।

गणतन्त्रको अन्त्य भइ श्री ५ ज्ञानेन्द्र शाहको गद्दी आरोहण हुने उनको भविष्यवाणी छ ।

राजसंस्था सँगसँगै वैदिक सनातन अधिराज्यको पनि स्थापना हुने उनको दाबी छ ।

गुरुङले भने

-जनताले राजाको (आवश्यकता) महसुस गरेका छन् ।

-राजाको इच्छा छ कि छैन, तर जनताले महसुस गरे ।

-श्री ५ ज्ञानेन्द्र दरवार छोडेर जनताको नासो जनतालाई सुम्पिएँ भनेर हाँसिहाँसी हात हाल्लाएर हिँडिबक्स्यो ।

-तर, जनताको नासो हामीले थाम्न सकेनौं, प्रभु यो तिम्रै हो, अब हाम्रो नासो तिमीले नै राखिदेउ भनेर राजालाई सुम्पिने हो ।

-श्री ५ ज्ञानेन्द्रले पनि यदि म राजा हुने हो पनि नेपाली जनताको सदिच्छाअनुसार हुने छु भनेर हुकुम भएको छ ।

-त्यसैले अब छिट्टै नेपालमा संवैधानिक राजसंस्थाको स्थापना हुन्छ ।

-वैदिक सनातक अधिराज्य नेपालको स्थापना हुन्छ ।

-हामी राजावादी भएको हुनाले श्री ५ को इच्छा जाहेर गर्नुपर्छ ।

-हामीले बहुदल चाहुम्ला नचाहुम्ला, त्यो भिन्दै हो ।

-तर श्री ५ को सन्देशमा बहुदलीय प्रजातन्त्र भनिबक्सेको हुँदा बहुदलीय प्रजातन्त्रको संस्थागत विकासको हामीले पुकारा गरौं ।

-अब २०८२ सालमा जनताको सदिच्छा पूरा हुने छ भनिबक्सेको छ ।

-कहिले हुन्छ त अब ? जेठ लागेपछि हुन्छ ।

-मैले जेठ १५ गतेको अवधि तोक्या छु ।

-कुनै मान्छे मर्नुपर्यो भने उसैको जन्म महिना, जन्म राशी, जन्म बार, जन्म नक्षेत्रमा मर्छ ।

-१५ गते गणतन्त्रको स्थापना भएको हो ।

-२०८२ साल जेठ १५ गते गणतन्त्रको अवसान हुन्छ र श्री ५ ज्ञानेन्द्रको गद्दीमा आरोहण हुन्छ ।

हेटौंडाको अचम्मको ठाउँसम्बन्धी यो भिडियो हेर्न नछुटाउनु है

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

यो पढ्नुभयो ?

Most Popular