- २०८२ वैशाख २३ मंगलबार । काठमाडौं
इण्डियन आइडल पवनदीप राजन कार दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
नोयडाको फोर्टिस अस्पतालमा उपचार भइरहेको छ ।
उनको अवस्था स्थिर छ ।
पवनदीपको हात, खुट्टा र काँधमा फ्र्याक्चर भएको छ ।
टाउकोमा पनि गहिरो चोट लागेको छ ।
डक्टरका अनुसार उनको शल्यक्रिया गरिनेछ ।
उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा पवनदीप र उनका दुई साथी सवार कार अनियन्त्रित भएर सडक किनारमा रहेको अर्को सवारी साधनमा ठोक्किएको थियो ।
आइतबार राति अमरोहा जिल्लाको गजरौला थाना क्षेत्रमा रोकेर राखेको कन्टेनरसँग कार ठोक्किएको थियो ।
पवनदीपसँगै उनका दुई साथी अजय मेहरा र राहुल सिंह पनि घाइते छन् ।
कार राहुल सिंहले चलाइरहेका थिए ।
दुर्घटनामा उनको एमजी हेक्टर गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।
दुर्घटनापछि…
ड्राइभर निदाएकाले रोकिराखेको कन्टेनरमा कार ठोक्किएको त्यहाँको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
दुर्घटनापछि स्थानीय प्रहरीले र एम्बुलेन्समार्फत तीनै जना घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरेको थियो ।
एम्बुलेन्सका चालक नितिन पालले भने-
-उद्धार गर्दा पवनदीप निकै पीडामा थिए ।
-आफ्नो परिवारको बारेमा सोधिरहेका थिए ।
-आफ्नो दाइको फोन नम्बर दिएर परिवारलाई सम्पर्क गर्न आग्रह गरेका थिए ।
-सुरुमा उनीहहरुलाई अमरोहाको सरकारी अस्पतालमा लगियो ।
-अवस्था गम्भीर रहेकाले त्यहाँबाट उनलाई मुराराबाद लगियो ।
-त्यसपछि डिडौलीको निजी अस्पतालमा रेफर गरियो ।
पवनदीप
पवनदीप इन्डियन आइडल १२ का विजेता हुन् ।
उनी चर्चित गायक समेत हुन् ।
पवनदीपको घर उत्तराखण्डको चम्पावत जिल्लामा छ ।
उनले भारतका अधिकांश राज्य र विदेशसहित १२ सयभन्दा बढी सांगीतिक कार्यक्रम गरिसकेका छन् ।
उनी उत्तराखण्ड सरकारका युवा ब्रान्ड एम्बेसडर समेत हुन् ।
हेटौंडाको अचम्मको ठाउँबारेको भिडियो हेर्न नछुटाउनु है