- २०८२ वैशाख २२ सोमबार । काठमाडौं
क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ ।
अब आदिलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले वैशाख २१ गते आइतबारदेखि आलमको प्रतिबन्ध फुकुवा गरेको हो ।
२०७९ पुस ९ देखि २७ गतेसम्म टियु क्रिकेट मैदानमा क्यानले टी-२० क्रिकेट लिग प्रतियोगिता आयोजना गरेको थियो ।
त्यो प्रतियोगितामा आदिललाई स्पट फिक्सिङको आरोप लागेको थियो ।
एन्टी करप्सन कोड बमोजिम कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी उनीमाथि प्रतिबन्ध लगाइएको थियो ।
उक्त मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिइसकेको छ ।
‘फेरि क्रिकेट खेल्नेछु’
२ वर्षभन्दा लामो समयको निलम्बन फुकुवापछि आदिल अन्सरी भन्छन्-
-हजुरहरूको माया, दुआ र आशिर्वादले फेरि क्रिकेट खेल्नेछु ।
-हजुरहरूको माया, दुआ र आशिर्वाद सधैं बनिरहोस् ।
-म मेरो परिवार, साथीभाइ, नेपाली क्रिकेट प्रशंसक, नेपाल क्रिकेट संघलाई धन्यवाद दिन चाहन्छु ।
यस्तो बन्दैछ टियु ग्राउन्ड : ड्रोन भिडियो हेर्नुहोस्
हेटौंडाको अचम्मको (रहस्यमय) ठाउँसम्बन्धी यो भिडियो नछुटाउनु है