- २०८२ वैशाख २२ सोमबार । काठमाडौं
नागढुंगा-नौविसे सडकखण्डअन्तर्गत नागढुंगा-पिपलामोड सडक दैनिक चार घण्टा बन्द हुने भएको छ ।
सडक मर्मतका लागि आज (वैशाख २२ गते) देखि ३१ गतेसम्म १० दिन दैनिक चार घण्टा सडक आंशिक बन्द हुने भएको हो ।
राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने छ ।
सो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।
यसैगरी नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिनेछ ।
बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारीसाधन तथा दमकल भने आउजाउ गर्न पाउने छन् ।
वैकल्पिक मार्ग
साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ ।
१. सितापाइला-भीमढुंगा-रामकोट-धार्के सडकमार्ग
२. सामाखुसी-टोखा-गुर्जेभञ्ज्याङ-छहरे-त्रिशूली (बेत्रावती)-गल्छी सडकमार्ग